२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

औरही: अध्यक्ष शिवजी यादवको भ्रष्ट लिला , सचिवालय खर्चको नामामा लाखौंको लुट

Logo
डीके यादव प्रकाशित बिहिबार, साउन १६, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले नियम विपरीत सचिवालय खर्चको नाममा लुट मच्चाएको देखिएको छ। गापा अध्यक्षको सचिवालय संचालन तथा व्यवस्थापन शिर्षकमा अध्यक्ष शिवजी यादव आफ्नै नाममा पटक पटक भुक्तानी लिएको महालेखा परिक्षणको प्रतिबेदनमा उल्लेख छ।

अध्यक्ष यादवले २०७९ कार्तिक १९ मा गौशवारा भौचर न.५६ बाट ३ लाख रुपैया गापा अध्यक्षको सचिवालय संचालन तथा व्यवस्थापनको लागी भुक्तानी लिएको छ। भुक्तानी लिए पनि उक्त रकम कहा , कुन परियोजनमा खर्च भयो भनेर उल्लेख गरिएको भने छैन। स्थानीय सरकार संचालन ऐन र स्थानीय तहका पदाधिकारीहरुको सेवा सुबिधा सम्बन्धी मधेश प्रदेश सरकारले बनाएको ऐन तथा नियमावलीमा भन्ने त्यसरी स्थानीय तहका पदाधिकारीहरुलाई सचिवालय संचालन र ब्यबस्थापनको कल्पना पनि गरेको छैन। त्यसरी कानुनले दिएको अधिकार भन्दा फरक शिर्षकमा भुक्तानी लिनु गैरकानुनी हो। तर अध्यक्ष यादवले भन्ने त्यसरी नियम मिचेर पटक पटक भुक्तानी लिएको देखिएको छ।

त्यसै गरि मिति २०८० असार २१ गतेमा समेत अध्यक्ष शिवजी यादवले गौशवारा भौचर न.३३९ बाट ९० हजार रुपैया भुक्तानी लिएको छ। जसको खर्च पुष्टि हुने बिल भरपाइ लगायतका अन्य आवश्यक कागजात पेस गरेको छैन। आर्थिक मसान्तको अन्तिम भुक्तानी असार २४ सम्म हुन्छ। त्यसरी असार २१ मा लिएको भुक्तानी असार २४ अर्थात ३ दिनमा ९० हजार रुपैया कहाँ , कसरी र कुन प्रयोजनमा खर्च भए होला स्वभाविक प्रश्न बन्न जान्छ।

यसरी कानुन मिचेर अध्यक्ष यादवले पटक पटक भुक्तानी लिनु र खर्च पुष्टी हुने बिल भरपाइ र कागजात पेस नगर्नुले नै भ्रष्टाचारको गन्ध झल्किएको जानकारहरु बताउछन्। पालिका अध्यक्षको नाममा भएको यस्तो गैरकानुनी भुक्तानी अध्यक्ष यादव , प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलोमतोमा हुने गरेको छ। त्यसरी निकासा हुने रकममा तीनै जनाले हिस्सा लिने गरेको छ।

औरही गाउँपालिका उक्त आर्थिक बर्षमा बिबिध खर्चको नाममा चिया , खाजा , खाना र पानीमा ४९ लाख १३ हजार रुपैया खर्चेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]