२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

शास्त्रीय सङ्गीत साधक गुरुदेवको शोकमा मधेस सरकारले आधा झुकाइयो राष्ट्रिय झन्डा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १९, २०८१

जनकपुरधाम ,२० साउन । मधेस प्रदेश सरकारले गायक गुरुदेव कामतको निधनको शोकमा नेपालको झण्डा आधा झुकाएर सरकारी कामकाज गरेको छ । शास्त्रीय संगीतका साधक एवम लोकप्रिय गायक कामतको शोकमा प्रदेश सरकारले आज आधा झण्डा झुकाएर काम गरेको हो ।

गायक कामतको १७ साउनमा (बिहीबार) असामयिक निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएको भन्दै सम्मानका लागि आधा झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको थियो । प्रदेश सरकारको सोही निर्णयबमोजिम आइतबार आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिश कुमार सिंहले बताए ।

आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री सिंहले भनेका छन्, ‘गुरुदेवजीको सांगतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँले लागिरहनुभयो ।

जुन स्मरणीय छ, उहाँको सांगतिक स्वरले मधेशको भूमिलाई सदैव गौरव गरिमाबाट विभूषित गरिरहनेछ । यो संगै संगीत शिक्षालाई उहाँले नेपालमा नयाँ दिशा र आयाम दिनुभयो, यहि कारण उहाँको यो योगदानको कदर गर्दै प्रदेश सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।’ सिरहाको पतारी गाउँपालिका वडा नम्बर २ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]