०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सिरहाको औरहीमा अध्यक्ष शिवजी यादवले नै कर्मचारी उक्साएर अधिकृत झाविरुद्ध गराए आन्दोलन

Logo
न्यूज मधेश प्रकाशित आइतबार, साउन १९, २०८१

सिरहा,१९ साउन । सिरहाको औरही गाउँपालिका‌का अध्यक्ष शिवजी यादवकै उक्साहटमा कर्मचारीहरु प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाविरुद्ध आन्दोलन थालेका छन् ।

गाउँपालिकाका कर्मचारीहरुले आज पालिका अगाडी प्रदर्शन गरेका हुन् । उनीहरु अध्यक्ष यादवलाई ज्ञापन-पत्र बुझाउँदै अधिकृत झाको सरुवा गर्न माग गरेका छन् ।

अधिकृत झाले मनपरी ढंगले कर्मचारीलाई चलाएको, सुत्केरी विदा लिएका कर्मचारीको हाजिरी काटेको र कर्मचारीको दुर्व्यवहार गर्ने गरेको भन्दै कर्मचारीहरुले उनको सरुवाको माग गरेका छन् ।

स्रोतका अनुसार गत आर्थिक वर्षको विकास निर्माणको भुक्तानी गर्न उठेको कमिशन बाँडफाँडमा अधिकृत झा र गाउँपालिका अध्यक्ष यादवबीच विवाद भएको थियो ।

विवादकै कारण अधिकृत झा पालिका अध्यक्ष यादवलाई अहिले टेर्ने गरेका छैनन् । सोही कारण अधिकृत झालाई हटाउन सहज होस् भनेर अधिकृत झाविरुद्ध कर्मचारीबाट आन्दोलन गर्न लगाएका छन् ।

आर्थिक मसान्तको अन्तिम देखि नै पालिका अध्यक्ष , प्रशासकीय अधिकृत बीच खटपट भए पनि चलाकी पुर्ण तरिकाले अधिकृत झालाई फकाएर सबै कागजातमा हस्ताक्षर गराएर अन्त्यमा उनी विरुद्ध नै आन्दोलन गराएका हुन्।

गाउँपालिका अध्यक्ष यादवले काठमाडौंमा लामो समय बसेर अधिकृत झालाई ल्याएका थिए । अहिले उही अधिकृत झा घाँडो बनेपछि पालिका अध्यक्ष यादव तनावमा छन् । स्रोतका अनुसार भोली बस्ने कार्यपालिका बैठकले नयाँ अधिकृत ल्याउने पहल गर्ने निर्णय गर्ने बुझिएको छ ‌।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]