२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

औरही गाउँपालिका‌मा अख्तियारको छापा !

Logo
न्युज मधेश प्रकाशित सोमबार, साउन २०, २०८१

सिरहा। सिरहाको औरही गाउपालिका‌ भ्रष्टाचारको अखाडा बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।

औरही गाउँपालिका‌ अध्यक्ष शिवजी यादवले कर्मचारीसंग सेटिंग गरेर कैयौं विकास निर्माणको काम र खरिदमा भ्रष्टाचार गरेका हुन् । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ ।

स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानविन गर्न आवश्यक कागजात मागेको थियो । तर कागजात पठाउन अटेर गरेपछि अख्तियारका कर्मचारी आफै आएका छन् ।

सिरहाका स्थानीय तहमध्ये सबभन्दा बढी औरही गाउँपालिका‌कै अनियमितता सम्बन्धी उजुरी अख्तियारमा परेको छ ‌। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा औरही गाउँपालिकाले गरेको कयौं संकास्पद कामकार्वाही र अनियमितता विरुद्ध अख्तियारमा उजुरीको चाङ नै लागेका छन्।

गाउँपालिका अध्यक्ष यादव नै भ्रष्टाचारमा डुबेको आरोप लागेपछि उनी आवद्ध पार्टी जसपा नेपालले पनि छानविन अगाडी बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]