१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

औरही गाउँपालिका‌मा अख्तियारको छापा !

Logo
न्युज मधेश प्रकाशित सोमबार, साउन २०, २०८१

सिरहा। सिरहाको औरही गाउपालिका‌ भ्रष्टाचारको अखाडा बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।

औरही गाउँपालिका‌ अध्यक्ष शिवजी यादवले कर्मचारीसंग सेटिंग गरेर कैयौं विकास निर्माणको काम र खरिदमा भ्रष्टाचार गरेका हुन् । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ ।

स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानविन गर्न आवश्यक कागजात मागेको थियो । तर कागजात पठाउन अटेर गरेपछि अख्तियारका कर्मचारी आफै आएका छन् ।

सिरहाका स्थानीय तहमध्ये सबभन्दा बढी औरही गाउँपालिका‌कै अनियमितता सम्बन्धी उजुरी अख्तियारमा परेको छ ‌। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा औरही गाउँपालिकाले गरेको कयौं संकास्पद कामकार्वाही र अनियमितता विरुद्ध अख्तियारमा उजुरीको चाङ नै लागेका छन्।

गाउँपालिका अध्यक्ष यादव नै भ्रष्टाचारमा डुबेको आरोप लागेपछि उनी आवद्ध पार्टी जसपा नेपालले पनि छानविन अगाडी बढाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]