३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

शिक्षामन्त्री तिवारीको प्रतिवद्धता: परीक्षा मर्यादित बनाउने

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २१, २०८१

जनकपुरधाम,२२ साउन । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइईको पूरक(गे्रड वृद्धि) परीक्षालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् ।

सोमबार जनकपुरधाममा आयोजित संचारकर्मीहरुसित छलफल कार्यक्रममा बोल्दै मन्त्री तिवारीले परीक्षा मर्यादित बनाउनमा सहयोगका लागि अभिभावकहरुमा समेत आग्रह गरिन् ।

परीक्षामा चिट चोरीले विद्यार्थीको भविष्य खराब भइरहेको छ, उनले भनिन्–कुनै अभिभावकले आफ्नो सन्तानको भविष्य खराब गर्न चाह्दैन् । त्यसैले परीक्षा मर्यादित बनाउनमा अभिभावकले पनि सहयोग गर्ने विश्वास छ–उनले थपिन् ।
यही साउन २३ गतेदेखि मधेशसहित सातै प्रदेशमा एसइईको गे्रडवृद्धि परीक्षा सुरु हुँदै छ ।

साउन ३१ गतेसम्म संचालन हुने ग्रेड वृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारले दिएको छ ।
शिक्षा क्षेत्रमा सुधार ल्याउनको लागि गर्नुपर्ने कार्यहरुबारे संचारकर्मीहरुको सुझाव लिने क्रममा मन्त्री तिवारीले शिक्षा क्षेत्रमा बेथिति रहेको स्वीकार गरिन् ।

शिक्षा क्षेत्रमा सुधारको लागि संघीय र स्थानीय सरकारसित समन्वय गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले संघीय सरकारले शिक्षा ऐन नल्याउँदा समस्या समाधान हुन नसकेको बताइन् ।

संघीय र स्थानीय सरकारबीच समन्वय गरेर अघि बढ्न समय लाग्ने भएको छ, उनले भनिन्–आफूले गर्न सक्ने कार्यहरु तत्काल अघि बढाउछु ।

आफू सेवा सुविधाका लागि मन्त्रालयमा बसेको होइन्, उनले अगाडि भनिन्–उपलब्ध श्रोतसाधनबाट काम गर्न चाहेकी छु ।
शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार श्याम सुन्दर शशिले मधेशमा नीतिगत रुपमा शिक्षामा विभेद भएको बताए ।

आधारभूत तहमा कोशी प्रदेशमा २६ विद्यार्थीमा एक जना शिक्षक रहेको अवस्थामा मधेशमा ६३ जना विद्यार्थीलाई एक शिक्षकले पढाउनुपर्ने अवस्था छ । माध्यमिक तहमा अवस्था झन नाजुक छ, शशिले भने–माध्यमिक तहमा कोशी प्रदेशमा ३० जना विद्यार्थीमा एक जना शिक्षक छन भने मधेशमा ९७ जना विद्यार्थीलाई एक जना शिक्षकले पढाउनुपर्ने अवस्था छ ।

विभेदपूर्ण मांसिकताले ल्याएको शिक्षा नीतिको मारमा मधेश प्रदेश परेको छ, यसमा सुधार गर्नको लागि प्रदेश सरकारले शिक्षा ऐन ल्याएर अगाडि बढ्नुपर्ने सुझाव शशिको थियो ।
कार्यक्रममा पत्रकार हिमांशु चौधरी, अजय कुमार झा, धर्मेन्द्र झा, हदिश खुद्दार, किरण कर्ण लगायतले आ आफ्नो सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]