१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न मुख्यमन्त्री सिंहको निर्देशन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २१, २०८१

जनकपुरधाम,२२ साउन । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

कर्मचारीहरुले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरुले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने, ‘मधेशको आउटपुट काठमाडौंले हेरिरहेको छ । सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेको भन्दै मुख्यमन्त्री सिंहले यसतर्फ दत्तचित भई अघि बढ्न सचिवहरुलाई समेत निर्देशन दिए ।

‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन । कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ’, उनले भने, ‘मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढनुपर्छ । आफ्नो दायित्व पूरा गर्नुस् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]