१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको महालेखाको ठहर

Logo
न्युज मधेश प्रकाशित बुधबार, साउन २२, २०८१

सिरहा: सिरहाको औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको छ। १५ बेडको अस्पताल निर्माणका लागी गत आर्थिक बर्षमा जग्गा खरिद गरेको थियो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नियम विपरीत जग्गा खरिद गरि अनियमिता गरेको ठहर गरेको छ।

स्थानीय तहले कुनै पनि खरिद कार्य गर्दा सम्बन्धि स्थानीय तहले कानुन बनाएको भए सोही बमोजिम र नभए प्रदेश संघीय ऐन बमोजिम हुने संबैधानिक तथा कानुनी वयवस्था छ। औरही गाउँपालिकाले यस सम्बन्धि कानुन बनाएको छैन । यस्तो अवस्थामा जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण तथा सिफारिस समिति मार्फत खरिद गर्नु पर्ने थियो। तर औरही पालिकाले त्यसरी निर्धारित ऐन बमोजिम खरिद नगरी नियम बिपरित अन्य बिधि अपनाइ खरिद गरेको देखिएको छ।

महालेखा परिक्षणको प्रतिबेदन अनुसार एक स्थानीय पत्रीकामा औरही हटिया चौक देखि उत्तर चमटोली सम्म र दक्षिण कसहा औरही पुर्ब पश्चिम सडक सम्म जोडिएको अथवा औरही अस्पताल संग जोडिएको न्युनतम १० कठ्ठा अधिकत्तम १५ कठ्ठा बिचको जग्गा हुनुपर्ने भनि २०७९/७/३ गते बिहिवार ३० दिनको समय दिई सुचना प्रकाशन गरेको भनिएको छ। सो कार्यको लागी विभिन्न ३ जनाले प्रस्ताव पेस गरेकोमा ३ मध्ये कम दर रकम प्रस्ताव गर्ने राजेन्द्र सिंह औरही ०५ को प्रति कठ्ठा ७ लाख ७१ हजार ६ सय ५० रुपैयाको दरले ११ कट्ठा १० धुर जग्गा खरिद गरे बापत आन्तरिक कोषबाट रु. ५० लाख र सम्पुरक कोषबाट ३८ लाख ७३ हजार ९ सय ७५ गरि जम्मा ८८ लाख ७३ हजार ९ सय ७५ रुपैया भुक्तानी दिएको छ।

पालिकाको आवश्यकता र सुचनामा तोकेको न्युनतम सर्त अनुसार अस्पताल संग जोडिएको जग्गा नै हुनुपर्ने तोकिएकोले प्रतिस्पर्धी सिमित भएको र जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिमको मुआब्जा निर्धारण तथा सिफारिस समितिको सिफारिस बमोजिम जग्गा प्राप्त गर्नुपर्नेमा अन्य विधि अपनाइ जग्गा प्राप्त गरेकोले नियम संगत नभएको प्रतिवेदनमा भनिएको छ।

यसरी भ्रष्टाचार गर्ने नियत र आफुले चाहेकै व्यक्ति क्यारेकटेरीया भित्र पर्ने आशयले नियम विपरीत जग्गाको केही सिमित धेरा तोकी दिएको छ। यस अघि तत्कालीन गाउँपालिका अध्यक्ष सिदार्थ यादवले समेत त्यही १५ बेड अस्पतालको लागी जग्गा खरिद गरि डि.पि.आर तयार गरेर अस्पतालका शिलान्यास समेत गरिसकेका थिए।

बर्तमन पालिका अध्यक्ष शिवजी यादवले पुनः त्यहि अस्पतालका लागी जग्गा खरिद गर्नुको साथै यस अघि तयार भैसकेको अस्पतालककै लागी फेरी डि.पि.आर गरि दोहरो काम देखाएर भ्रष्टाचार गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]