०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको महालेखाको ठहर

Logo
न्युज मधेश प्रकाशित बुधबार, साउन २२, २०८१

सिरहा: सिरहाको औरही गाउँपालिकामा जग्गा खरिदमा अनियमितता भएको छ। १५ बेडको अस्पताल निर्माणका लागी गत आर्थिक बर्षमा जग्गा खरिद गरेको थियो । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नियम विपरीत जग्गा खरिद गरि अनियमिता गरेको ठहर गरेको छ।

स्थानीय तहले कुनै पनि खरिद कार्य गर्दा सम्बन्धि स्थानीय तहले कानुन बनाएको भए सोही बमोजिम र नभए प्रदेश संघीय ऐन बमोजिम हुने संबैधानिक तथा कानुनी वयवस्था छ। औरही गाउँपालिकाले यस सम्बन्धि कानुन बनाएको छैन । यस्तो अवस्थामा जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण तथा सिफारिस समिति मार्फत खरिद गर्नु पर्ने थियो। तर औरही पालिकाले त्यसरी निर्धारित ऐन बमोजिम खरिद नगरी नियम बिपरित अन्य बिधि अपनाइ खरिद गरेको देखिएको छ।

महालेखा परिक्षणको प्रतिबेदन अनुसार एक स्थानीय पत्रीकामा औरही हटिया चौक देखि उत्तर चमटोली सम्म र दक्षिण कसहा औरही पुर्ब पश्चिम सडक सम्म जोडिएको अथवा औरही अस्पताल संग जोडिएको न्युनतम १० कठ्ठा अधिकत्तम १५ कठ्ठा बिचको जग्गा हुनुपर्ने भनि २०७९/७/३ गते बिहिवार ३० दिनको समय दिई सुचना प्रकाशन गरेको भनिएको छ। सो कार्यको लागी विभिन्न ३ जनाले प्रस्ताव पेस गरेकोमा ३ मध्ये कम दर रकम प्रस्ताव गर्ने राजेन्द्र सिंह औरही ०५ को प्रति कठ्ठा ७ लाख ७१ हजार ६ सय ५० रुपैयाको दरले ११ कट्ठा १० धुर जग्गा खरिद गरे बापत आन्तरिक कोषबाट रु. ५० लाख र सम्पुरक कोषबाट ३८ लाख ७३ हजार ९ सय ७५ गरि जम्मा ८८ लाख ७३ हजार ९ सय ७५ रुपैया भुक्तानी दिएको छ।

पालिकाको आवश्यकता र सुचनामा तोकेको न्युनतम सर्त अनुसार अस्पताल संग जोडिएको जग्गा नै हुनुपर्ने तोकिएकोले प्रतिस्पर्धी सिमित भएको र जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिमको मुआब्जा निर्धारण तथा सिफारिस समितिको सिफारिस बमोजिम जग्गा प्राप्त गर्नुपर्नेमा अन्य विधि अपनाइ जग्गा प्राप्त गरेकोले नियम संगत नभएको प्रतिवेदनमा भनिएको छ।

यसरी भ्रष्टाचार गर्ने नियत र आफुले चाहेकै व्यक्ति क्यारेकटेरीया भित्र पर्ने आशयले नियम विपरीत जग्गाको केही सिमित धेरा तोकी दिएको छ। यस अघि तत्कालीन गाउँपालिका अध्यक्ष सिदार्थ यादवले समेत त्यही १५ बेड अस्पतालको लागी जग्गा खरिद गरि डि.पि.आर तयार गरेर अस्पतालका शिलान्यास समेत गरिसकेका थिए।

बर्तमन पालिका अध्यक्ष शिवजी यादवले पुनः त्यहि अस्पतालका लागी जग्गा खरिद गर्नुको साथै यस अघि तयार भैसकेको अस्पतालककै लागी फेरी डि.पि.आर गरि दोहरो काम देखाएर भ्रष्टाचार गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]