०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

शैक्षिक सुधारको लागि मुख्यमन्त्री सिंहले गरे मधेश प्याब्सनका पदाधिकारीबीच छलफल

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २३, २०८१

जनकपुरधाम,२३ साउन । मधेश प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेश प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षिक सुधारको लागि अनुरोध गरेका छन् ।

मधेश प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य ममता पाठक,मधेश प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा आमुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल तथा जानकी मन्दिरको तस्वीर अंकीत मायाको चिनोले उच्च सम्मान गरेका छन् ।

केन्द्रिय अध्यक्ष झाले मधेश प्रदेशको शैक्षिक सुधार,परीक्षा प्रणालीमा सुधार तथा स्थानिय सरकार मार्फत शैक्षिक गुठी अन्तर्गत नयाँ विद्यालय संचालन तथा संरक्षण गर्नको लागि मुख्यमन्त्री सिंहलाई आग्रह गरेका छन् ।

अहिलेको वर्तमान एस.ई.ई.परीक्षाको परीक्षाफल प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले सबै सरोकारबालाहरुको राय सल्लाह लिई यसको सुधारको लागि मधेश प्रदेशको ८ वटै जिल्लाहरुका पालिका प्रमुख तथा शिक्षा शाखासँग समन्वय गरी प्रदेश शिक्षा नीति समेत ल्याई अघि बढने बताए ।

मधेश प्रदेशको शिक्षा सुधारको जिम्मा नीजि विद्यालयका संगठनहरुको समेत रहेकोले अन्य प्याब्सन सहित मधेश प्याब्सनले समेत यसमा सहयोग तथा सल्लाह दिन मुख्यमन्त्री सिंहले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]