०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

शैक्षिक सुधारको लागि मुख्यमन्त्री सिंहले गरे मधेश प्याब्सनका पदाधिकारीबीच छलफल

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन २३, २०८१

जनकपुरधाम,२३ साउन । मधेश प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेश प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षिक सुधारको लागि अनुरोध गरेका छन् ।

मधेश प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य ममता पाठक,मधेश प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा आमुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल तथा जानकी मन्दिरको तस्वीर अंकीत मायाको चिनोले उच्च सम्मान गरेका छन् ।

केन्द्रिय अध्यक्ष झाले मधेश प्रदेशको शैक्षिक सुधार,परीक्षा प्रणालीमा सुधार तथा स्थानिय सरकार मार्फत शैक्षिक गुठी अन्तर्गत नयाँ विद्यालय संचालन तथा संरक्षण गर्नको लागि मुख्यमन्त्री सिंहलाई आग्रह गरेका छन् ।

अहिलेको वर्तमान एस.ई.ई.परीक्षाको परीक्षाफल प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले सबै सरोकारबालाहरुको राय सल्लाह लिई यसको सुधारको लागि मधेश प्रदेशको ८ वटै जिल्लाहरुका पालिका प्रमुख तथा शिक्षा शाखासँग समन्वय गरी प्रदेश शिक्षा नीति समेत ल्याई अघि बढने बताए ।

मधेश प्रदेशको शिक्षा सुधारको जिम्मा नीजि विद्यालयका संगठनहरुको समेत रहेकोले अन्य प्याब्सन सहित मधेश प्याब्सनले समेत यसमा सहयोग तथा सल्लाह दिन मुख्यमन्त्री सिंहले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]