०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

डीपीआर नाममा लूट:एउटै अस्पतालको दुई पटक डीपीआर,जग्गा अस्पतालको डीपीआर प्रशासनिक भवनको

डीपीआर भए पनि आयोजना संचालन तथा बजेटको सुनिश्चितता भने छैन
Logo
न्युज मधेश प्रकाशित बिहिबार, साउन २३, २०८१

सिरहा: सिरहाको औरही गाउँपालिकामा डीपीआरको नाममा व्यापक चलखेल भएको पाइएको छ। १५ बेड अस्पताल निर्माणका लागी बिगतमा तत्कालीन गाउँपालिका अध्यक्ष सिदार्थ यादवकै पालामा डीपीआर गरि अस्पताल निर्माणका लागी शिलान्यास समेत गरि सकेको थियो। तर त्यही अस्पताल निर्माणका लागी वर्तमान गाउँपालिका अध्यक्ष शिवजी यादवले पुनः डीपीआर बनाएको छ। यसरी एउटै शिर्षकमा दुई दुई पटक डीपीआर निर्माण गरी भ्रष्टाचार गरेको तथ्य खुलेको छ।

सार्वजनिक स्रोत साधनको प्रयोग गर्ने , खर्च लेख्ने ,कार्यालयले कुनै पनि क्रियाकलाप गर्दा आवश्यकता तथा औचित्यता बिश्लेषण गरेर मात्र गर्नु पर्ने वयवस्था छ। बजेट वयवस्था भइ कार्यान्वयन हुने आयोजनाको मात्र गुरुयोजना डीपीआर लगायतको अध्ययन गरी प्रतिबेदन तयार गर्नुपर्दछ। तर  औरही गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा १५ बेडको अस्पताल लगायतका अन्य विभिन्न शिर्षकमा डीपीआर निर्माण गराएको देखिएको छ। डीपीआर निर्माण गरी भुक्तानी भैसकेको भएपनि आयोजना संचालन र बजेटको सुनिश्चितता देखिदैन।

उबर इन्जिनियरिङ कन्सलटेण्ट कन्स्ट्रक्सन प्रा.लि जनकपुर बाट गराएको १५ बेडको अस्पतालको डीपीआरको लागी करिब २० लाख रुपैया खर्चेको छ। महालेखा परिक्षणको प्रतिबेदनमा डीपीआर निर्माण गर्दा कार्यालयको प्राबिधिक जनशक्ति बाट गराउन सकिनेमा त्यसरी नगरि कन्सल्टेनसी बाट गराएकोले आफ्नै जनशक्तिबाट नगराइएको प्रति प्रश्न उठाएको छ। साथै यसरी अध्ययन कार्य गराउदा लाग्ने लागत खर्चको अनुमान तयार गर्दा कुनै आधार नै नलिई स्वीकृत बजेट बमोजिमकै खर्च गरेको देखिन्छ। जुन उपयुक्त उपयुक्त र नियम संगत नभएको प्रतिबेदनमा भनेको छ।

यसरी दोहरो डीपीआर गरी भएकै काममा दोहरो खर्च देखाएर कामै नगरि रकम हिनामिना गरेको स्थानीयको आरोप छ। खर्च गरेको भएपनि यसरी दोहरो खर्च गर्नु भनेको अनियमितता नै हुन जान्छ। त्यसैगरी गागन नदीको डीपीआर निर्माण , प्रशासनिक भवनको डीपीआर निर्माण , सु.ज.मा.बि . अन्तरगतको भवन तथा सभाहलको नाममा डीपीआर तयार गरेको देखिन्छ। तर कुनै पनि काम हालसम्म संचालनको सुरसारमा छैन भने बजेटको पनि सुनिश्चितता छैन।

डीपीआरको नाममा औरही गाउँपालिकामा भ्रष्टाचारको दौड नै चलिरहेको छ। यस अघिको तत्कालीन स्थानीय सरकार देखी प्रदेश सरकारले पनि औरही गाउँपालिकामा आवश्यक सबै शिर्षकको डीपीआर गरिसकेका छन्। तर पनि वर्तमान सरकारले त्यही आयोजनाहरुको नाममा डीपीआर गर्दै आएका छन्। यस पालिकामा कतिपय आयोजनाहरुको दोहरो तेहरो गरी डीपीआर भएको छ।

त्यस्तै औरही अस्पतालको नाममा रहेको जग्गामा दुई पटक अस्पतालको नाममा डीपीआर भएको हुदाहुदै अध्यक्ष शिवजी यादवले उक्त जग्गामा प्रशासनिक भवनका लागी डीपीआर गराएका छन्। आफ्नो स्वामित्वमा जग्गा नै नभएको कार्यका लागी डीपीआर बनाउन नहुने कानुनी वयवस्था छ। यसरी नियम संगत नमिल्ने कार्य गरि बजेट कुम्ल्याउने कार्य गरेकाले सम्बन्धित निकायले अनुसन्धान गरि कार्वाही गर्नु स्थानीयको माग छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]