२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

उदित नारायणको स्वरमा नेपाल भाषाको गीत

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

सप्तरी । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् ।

छंगु जिगु माया रतन नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन् ।

सुखावती मल्टी प्रडक्सनको ब्यानरमा बन्ने सिनेमा दसैंपछि सुटिङ सुरू हुँदैछ । गीतको रेकर्डिङ भने भारतको मुम्बईमा भदौ ९ गते गरिएको छ ।

नील शाक्यको संगीतमा भूपेन्द्र बज्राचार्यले यसमा संगीत संयोजन गरेका हुन् । फिल्मका निर्देशक तथा गीतका रचनाकार सुरेन्द्र तुलाधर हुन् । गीतलाई त्यस फिल्ममा र दीपा महर्जनको सरप्राइज एल्बममा पनि राखिने शाक्यले बताए ।
उदित नारायणले यसअघि नै ३५ भाषामा गीत गाइसकेका छन् । यो उनको ३६औं भाषामा गीत रेकर्डिङ भएको हो । झाले गीत रेकर्डिङका क्रममा गाइरहेको भिडिओ पनि सार्वजनिक गरिएको छ ।

भिडिओमा उदितले नेवार भाषामा गाइरहेका देखिन्छन् । उनलाई गाउन कठीन हुने सोचे पनि सरल रुपमै गाएको नील शाक्यले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]