२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

सिरहाको औरहीमा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी मनाए अन्तर्राष्ट्रिय युवा दिवस

२ महिला र २५ पुरुष गरि २७ जनाले गरे रक्तदान
Logo
न्युज मधेश प्रकाशित सोमबार, साउन २७, २०८१

सिरहा: सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। औरही गाउँपालिका वडा न.५ स्थित हनुमान चौकमा आयोजित  रक्तदान कार्यक्रममा २ महिला र २५ पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेको छ।

रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण पनि मान्छे रक्तदान गर्न डराउने गरेको सिरहा क्याम्पसका स्वबियु सभापति दिपेन्द्र कुमार यादब बताउछन्। अहिलेको बैज्ञानिक युगमा पनि रगत कुनै फयाकट्रीमा उत्पादन भैरहेको छैन , हुने पनि होइन । यो मानव शरिरमा नै उत्पादन हुने हो। त्यसैले रक्तदान बारे जनचेतना अभियानको आवस्यकता रहेको देखिन्छ।

अहिलेको बदलिँदो समयमा स्वास्थ्य जटिलता , दुर्घटना लगायतका घटना बढ्दै गएको छ। बिना अप्रेसन डिलेभरी नहुने , समान्य अप्रेसन गर्दा पनि रगतक आवश्यकता गर्ने र दिनहु हुने सवारी दुर्घटनामा रगतको आवश्यकता हुने हुदा रगतको चरम अभाव खेप्नु परेको छ। त्यसैले यस्ता रक्तदान कार्यक्रम समय समयमा सचेत नागरिक समाज , युवा , विद्यार्थी , राजनीति दल , विभिन्न संगठनहरुले गर्न आवश्यक रहेको छ।

जनमत पार्टीको भातृ संगठन युवा जनमत संघले ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ नारा सहित मनाइएको कार्यक्रममा स्थानीय युवा , बुद्धिजीवी ,राजनीतिकर्मी ,  समाजसेवी , कर्मचारी लगायतले रक्तदान गरेका थिए। जनमत समर्थित युवाहरुले समय समयमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]