०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

धनुषा क्षेत्र नं२ को दुर्गापूजा स्थलहरु अवलोकन गर्दै प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुर्गा मन्दिरमा पुजापाठ र दर्शन गर्नमा व्यस्त देखिएको छ।

सोमबार  धनुषाको औरहीमा रहेको दुर्गा मन्दिर लगाइतका शक्ति पिठहरुमा पुजापाठ गर्दै घर घर मा पुगेर दशैंको शुभकामना दिएका हुन।

त्यसैगरी धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै उहाँ संगै समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुन सिंह मण्डल ,पार्टी कमला नगरपालिकाको अध्यक्ष मनिक लाल मण्डल , समाजवादी पार्टीका भातृ संगठन मुसलिम संघ प्रदेश नं.२का सचीव हविब मन्सुरी ,समाजवादी पार्टी औरही नगरपालिकाका अध्यक्ष कमलदेव मण्डल ,ओरही नगरपालिका ५ का समाजवादि पार्टी अध्यक्ष संतोष कर्ण, नेता युवा तथा समाजसेवी सरोज मण्डल ,प्रमुद अधिकारी ,उमेश यादव लगाइतका नेताहरु औरहि,कमला नगरपालिका अन्तरगत लगमा,सघारा,सखुवामडान,सिनिग्याही,हटलेटवा,दुबैरकोठ ,जागिरटोल लगायतका स्थानमा माता दुर्गाको मंदिरमा पुजा पाठ गर्नुभएको छ ।

त्यसैगरी आइतबार धनुषाको विदेह नगरपालिकाको दुहवीमा रहेको दुर्गा मन्दिर निर्माण गर्नको लागी नेता अरगरियाले आफ्नो संसदीय कोष बाट ५० लाख दिने घोषण गरेका हुन।

दशैँका बेला आफ्ना क्षेत्रका नागरिक स्ंग भेटगरी शुभकामना आदान प्रदान गर्नुका साथै मंदिरहरुमा आफै पुगेर पुजापाठ गरेका छन।

यहाँ फोटोहरु राखिएको छ :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]