१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

आश्रयविहीनका लागि ‘मायाघर’ बनाउन दुई करोड सङ्कलन

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन २९, २०८१

महोत्तरी, ३० साउन । बर्दिबासमा आश्रयविहीनलाई राख्न निर्माण गरिने ‘हाम्रो मायाघर’का लागि शिवपुराण महायज्ञबाट रु दुई करोड सङ्कलन भएको छ ।

शिवपुराण महायज्ञ समितिका संयोजक हिरालाल गौतमका अनुसार श्रद्धालुबाट प्राप्त नगद रु दुई करोडबाहेक महायज्ञस्थलमा नै प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले ‘हाम्रो मायाघर’ निर्माण गर्न रु एक करोड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज कथावाचिका राधिका दासीले भवन शिलान्यास गर्ने कार्यक्रम छ । उनले नै शिवपुराण सुनाउनुभएको थियो । बर्दिबास–२ मा मायाघर निर्माणका लागि दाताबाट पाँच कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]