२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको छ : अध्यक्ष राउत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन २९, २०८१

वीरगन्ज,३० साउन । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् ।

जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् ।

अध्यक्ष डा.राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद् बैठकबाट प्रष्ट भएको उनले बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको बताए ।

उन भने, ‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’ सरकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन रहेको बताए ।

अध्यक्ष डा.राउतले संघीयतालाई बलियो बनाउन संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]