१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको छ : अध्यक्ष राउत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, साउन २९, २०८१

वीरगन्ज,३० साउन । जनमत पार्टी अध्यक्ष डा.सिके राउतले नेपालमा जबरजस्ती दुई दलीय व्यवस्था ल्याउने खेल भइरहेको बताएका छन् ।

जनमत पार्टी पर्साले बुधबार वीरगन्जमा गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यो षडयन्त्रविरुद्ध सडक आन्दोलनका लागि तयार रहन निर्देशन दिएका हुन् ।

अध्यक्ष डा.राउतले नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय व्यवस्था ल्याउन लागेको आरोप लगाए । जसको गन्ध बुधबारको संसद् बैठकबाट प्रष्ट भएको उनले बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको विरोधमा आन्दोलनमा उत्रिन तयार रहनुपर्ने आवश्यक रहेको बताए । उनले दुई दलले गरिरहेको षड्यन्त्रको आशय साना दलहरुलाई समाप्त गर्नु रहेको बताए ।

उन भने, ‘दुई दलीय व्यवस्था ल्याउन दुई ठुला दल एकमत देखिएका हुन्, मिलेर सरकार पनि चलाइरहेका छन् । जुन संसारमा कहीँ पनि अभ्यासमा छैन । ठुला दलहरूमध्ये एक सरकारमा जाने हो भने अर्को विपक्षमा बस्ने परिपाटी छ । तर हाम्रो मुलुकमा त्यसको उल्टो भइरहेको छ ।’ सरकार र सदनबाट विश्वास नरहेको बताउँदै उनले अन्तिम बाटो भनेको सडक आन्दोलन रहेको बताए ।

अध्यक्ष डा.राउतले संघीयतालाई बलियो बनाउन संघीय सरकारले प्रदेशहरूलाई अझै बढी अधिकार दिनुपर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ रम्भा मिश्रासहित एमाले, माओवादी, जसपा, लोसपा पार्टी परित्याग जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]