०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

सप्तरीमा दुईको मृत्यु

Logo
न्यूजमधेश प्रकाशित बुधबार, साउन २९, २०८१

राजविराज , ३० साउन । सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज नगरपालिका–५ मा एक मजदुर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दुण्डीराज न्यौपानेले स्थानीय राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा राजविराज–९ मलेठका ४० वर्षीया उर्मिला महतोको मृत्यु भएको जानकारी दिए ।

पर्खाल झर्दा निजको टाउको, हात र शरीरमा चोट लागेर घाइते भएकी महतोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ शम्भुनाथ मन्दिर जाने बाटोमा आजै एक पुरुष मृत्य फेला परेका छन् । निजको पहिचान खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]