१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

मधेश सरकार जनकपुरधामको पर्यटकीय विकासमा

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ३२, २०८१

जनकपुरधाम, १ भदौ । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन्स(पानी फोहोरा) सँगै डिजिटल लाइटिङ्ग तथा पोखरी डिलमा व्यवस्थित विश्राम स्थल विकसित गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए ।

उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवद्र्धन हुने उल्लेख गरे ।

जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिँहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए ।

मुख्यमन्त्री सिँहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् । उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिँहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए । मुख्यमन्त्री सिँहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने डिएफओ चौधरीले बताए ।

मुख्यमन्त्री सिँहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ ।

मुख्यमन्त्री सिँहले अरगजा पोखरी वरपर अतिक्रमित सडक तथा पेटी क्षेत्रलाई खाली गराउने विषयमा समेत चासो लिएका छन् । उनले अव्यवस्थित तवरले सञ्चालित टहरा र ठेलाका पसल तथा गाडी पार्किङ्गले धार्मिक क्षेत्रको सौन्दर्य बिगार्ने हुँदा पसल सञ्चालका लागि वैकल्पिक उपाय गरी व्यवस्थापन गरिनुपर्ने बताए ।

मुख्यमन्त्रीसँगै रहेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पचास वर्षभन्दा बढी समयदेखि पोखरी वरपर त्यस्ता पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताए । उनले वैकल्पिक व्यवस्था कसले गरिदिने भन्नेबारे मुख्यमन्त्री सिँहलाई भने केही सुझाएनन् ।

मुख्यमन्त्री सिँहले जानकी मन्दिर परिसरमा शौचालय तथा खानेपानी व्यवस्थाको समेत अवलोकन गरेका छन् । उनले प्रदेश सरकारले विनियोजन गरेको शौचालयको बजेट जानकी मन्दिर परिसरमा शौचालय निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिँहले मन्दिर पछाडि अधुरो अवस्थामा रहेको आवासीय संरचनालाई पूर्णता दिएर पर्यटक आवासगृह बनाउन सकिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]