०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

चन्देलाई मुख्यमन्त्री सिँहको नमस्कार

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ३२, २०८१

जनकपुरधाम,१ भाद्र । जनकपुरधामको जानकी चोकस्थित चन्दे चिया पसल । मर्निङ्ग वाक गर्न सहरको मध्यभाग भएर आवतजावत गर्नेदेखि लिएर जानकी मन्दिर दर्शन गर्न आउने पर्यटकहरूको एकछिन उठबस गर्ने ठाउँ हो यो । चिया, लस्सीजस्ता पेय पदार्थका पारखीहरूको दिनभरि बाक्लो भिड लाग्ने यो ठाउँमा शनिबार बिहान मधेशका मुख्यमन्त्री सतिशकुमार सिँह झुल्किए ।

नजिक रहेको अङ्गराजसर (अरगजा पोखरी) र तेलहा पोखरी अवलोकनपछि मुख्यमन्त्री सिँह फर्कनुअघि अचानक चन्दे चिया पसलमा पुगे । उनीसँगै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साह र गोरखापत्रका प्रदेश संयोजक धीरेन्द्र साह आदि एउटै बेन्चमा बसे । अघिल्तिर नेपाल प्रहरीका पूर्व वरिष्ठ उपरीक्षक गोविन्द साह, नेपाली काँग्रेसका नेता गणेश ठाकुरलगायत बसे । अनि चियाको चुस्कीसँगै सुरु भयो जानकी मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउने कुराकानी ।

त्यतिबेला अलिक पर्तिरबाट मुख्यमन्त्रीतिर सोझिँदै एक सामाजिक कार्यकर्ताले मेला भर्न जानकी मन्दिरमा आउने श्रद्धालुभक्तजनहरूलाई छसातवटा संस्थालाई पनि पानी खुवाउन हम्मे पर्ने गरेको सुनाए । खानेपानीको स्रोत र लस्करै टुटी नलगाइँदा हजारौँ भक्तजनलाई जारबाट पानी खुवाउन नसकिने उनको भनाइलाई मुख्यमन्त्री सिँहले अत्यन्त गम्भीरतापूर्वक सुने ।

साउन महिनामा उपवास राख्ने भएकाले मुख्यमन्त्री सिँहले चियापान भने गरेनन् । तर, सँगै रहेकाहरूले मिठो मानेर चिया पिइरहँदा उनी धीरतापूर्वक सँगै बसे । मुख्यमन्त्री सिँहको यो अवलोकन गर्ने कार्यक्रम पूर्वनिर्धारित नभएर आकस्मिक हुँदा वरपर रहेकाहरू मात्र नजिक आएका थिए । तिनमा थिए काँग्रेसका स्थानीय नेता ठाकुर ।

अरगजा पोखरी र तेलहा रहेको वडा नम्बर १० का अध्यक्ष पदमा गत स्थानीय निर्वाचनमा काँग्रेसका प्रत्याशी रहेका ठाकुरले जीब्रो टोक्दै भने, “यत्तिको सरल र सहज मुख्यमन्त्री मधेश प्रदेशले पहिलोपटक पाएको छ ।” यसभन्दा अघि तामझामका साथ ‘सवारी’ गर्ने मुख्यमन्त्री र मन्त्रीहरूको शैलीमात्र देखेका ठाकुरले मुख्यमन्त्री हिँडेरै सोझै चियापसल अगाडिको बेन्चमा बसेको देखेर छक्क परेका थिए ।

चियापसले चन्देका लागि पनि मुख्यमन्त्री पसलमा आएर विकासका बारेमा गफगाफ गरेको पहिलो अनुभव थियो । अरू दिन बिहान र बेलुका नेताहरूले दिने लम्बेतान राजनीतिक गफ सुन्न अभ्यस्त भइसकेका उनले एकछिन मुख्यमन्त्रीको अनुहार टोलाए अनि चिया पकाउन व्यस्त भए ।

चिया पसलबाट गाडीतिर फर्किरहँदा मुख्यमन्त्री सिँहले चन्देलाई नमस्कार गरे । चिया पकाउन व्यस्त चन्देले मुन्टो उठाउँदा मुख्यमन्त्रीको नमस्कार मुद्रा हेरे । अनि भावविभोर हुँदै फर्काए नमस्कार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]