१० माघ २०८२, शनिबार
24-01-2026 , Sat
×

काँग्रेसका प्रदेश सभापति कृष्णा एक्लिँदै

काँग्रेस उपसभापतिद्वय चन्द्रशेखर र वीरेन्द्र एकढिक्का भए
Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन ३२, २०८१

काठमाडौं ,१ भाद्र। नेपाली कांग्रेस मधेशका उपसभापतिद्वय चन्द्रशेखर यादव र वीरेन्द्रप्रसाद सिँहबीच पार्टीलाई विधि, विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमति भएको छ ।

दुई उपसभापतिहरूबीच शनिबार काठमाडौँमा भएको भेटमा पार्टीको मधेश नेतृत्वमा केही समययता उत्पन्न अस्थिरता, विचलन र फिसलनविरुद्ध एक्यबद्ध भएर अघि बढ्नुपर्नेमा सहमति भएको हो ।

पार्टीका प्रदेश सभापति कृष्णा यादवले केही दिनअघि प्रदेशका तत्कालीन अर्थ मन्त्री संजय यादवले गरेका भ्रष्टाचार तथा अनियमितताका बारेमा प्रदेशसभा सदस्य उपेन्द्र महतो नेतृत्वको संसदीय समितिको छानबिन प्रतिवेदन पारित नगर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई दिएको निर्देशन पार्टीको नीति विपरीत रहेको ठहर समेत दुई उपसभापतिले गरेका छन् ।
उपसभापति यादवले भेटघाटको तस्बिर सामाजिक सञ्जालमा राख्दै मधेश प्रदेशसभामा उपनेता रहेका उपसभापति सिंहको प्रदेशसभामा पेस भएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा लिएको अडानको सराहना गरेका छन् । उपनेता सिंहले महतो नेतृत्वको संसदीय समितिको प्रतिवेदन प्रदेशसभामा पारित गर्न पार्टीका प्रदेश सांसदलाई निर्देशन दिएका थिए ।

उपसभापति यादवले भेटमा दुई सभापतिबीच मधेश प्रदेश सरकार, पार्टी संगठन र प्रशिक्षण र प्रदेशका पछिल्लो राजनीतिक घटाक्रमका बारेमा छलफल भएको जनाएका छन् ।

उपसभापति सिहले पनि सामाजिक सञ्जालमा लेख्दै प्रदेश सरकार, पार्टी संगठन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा दुई उपसभापतिबीच विस्तृत छलफल र पार्टी सुदृढीकरण तथा संगठन विस्तार गर्ने कार्यमा दृढताका साथ एकढिक्का भएर लाग्ने निष्कर्ष निकालिएको उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]