०३ कार्तिक २०८२, सोमबार
20-10-2025 , Mon
×

राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिन्छ : डा भट्टराई

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, भाद्र ०६, २०८१

काठमाडौँ, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उहाँले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताउनुभयो । उहाँले नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोसिस गर्ने बताउँदै त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्र्याउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताउनुभयो ।

उहाँले सादगी, नैतिकवान, मान्छेहरु राजनीतिमा आउनैपर्नेमा जोड दिनुभयो । अध्यक्ष डा भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याउनुभयो । आत्मकथाले डा राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सिकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सिकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ ।” डा भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा लेखक तथा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मधेसीहरुलाई नेपाली भन्ने तर मधेसीको पहिचान बन्न नदिने कुरा गलत भएको बताउनुभयो । समारोहमा डा राउतले मधेस आफ्नो पहिचान हो भने किन पहिचान नपाएको भनेर गुनासो पनि गर्नुभयो । उहाँले कुनै पनि ठाउँका लागि पहिलो कुरा पहिचान भएको समेत दाबी गर्नुभयो । उहाँले मधेसीलाई पहिचान दिन नखोज्नु गलत हो भन्नुभयो ।

अध्यक्ष डा.राउतले भन्नुभयो, “पढाइ सकाएर अध्यापनमा रहँदासमेत हेपिएको, उत्कृष्ट अङ्क ल्याएर राजाबाट महेन्द्र विद्या भूषण पाउँदा दौरासुरुवाल नलगाई जान खोज्दा नपाएको जस्ता घटनाले तत्कालीन समयमा रहेको मधेसीलाई हेर्ने प्रवृत्ति देखाउँछ । वीर गोर्खाली भनेर अनेकन कविता लेख्ने आफू समयक्रममा मधेसको पहिचान कसरी बन्न पुगेँ भन्ने रुचिकर कथा यस पुस्तकमा छन् ।”

आफू अध्यात्म र राजनीतिको सम्बन्धको खोजीमा समेत रहेको डा राउतले बताउनुभयो । समाज उन्नतिका लागि तत्कालमा राजनीति गरे पनि दीर्घकालीन बोध अध्यात्म रहेको उहाँले बताउनुभयो । जन्मदेखि पूर्णकालीन राजनीतिमा नआइसक्दासम्मका डा.राउतका भोगाइ समेटिएको पुस्तक बुकहिलले प्रकाशन गरेको हो । यसको पाठक मूल्य पातलो गाता रु पाँच सय ९९ र मोटो गाता रु सात सय ९९ रुपैयाँ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]