०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सप्तरीमा पाँच सय बिघामा लगाइएको केराको बोट सुक्यो

Logo
न्यूजमधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ ।

केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा पानी जमेका कारण केराको बोट सुक्न थालेको किसानको भनाइ छ । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुन्छ । तर बाढीले पाँच सय बिघा क्षेत्रफलको केरा मासिनेगरी करोडौँको क्षति पु¥याएको उनीहरु बताउँछन् ।

केराखेती गरिएको ठाउँमा पसेको पानी निकासी हुने ठाउँ नभएकाले केराको बोट पानीले गलेर नष्ट भइरहेको हनुमान नगरकङ्कालिनी नगरपालिका–१ भारदहका किसान बच्चालाल मण्डलले बताउनुभयो ।

जग्गा धनीसँग वार्षिक भाडामा लिएबापत एक बिघा जग्गाको रु ३० हजार र्तिनुपर्छ । कोसी किनारमा किसानले लगाएको केरा छठको बेला बढी बिक्री हुने गर्दछ । केराखेतीमा विभिन्न प्रकोपको समस्या खेपिरहेका किसानहरुमा बाढीको चपेटा थपिएको हो ।

केराखेतीबाट दशैँ तिहारका बेला राम्रो आम्दानी गर्दै आए पनि यस वर्ष बाढीले केराका बोट नै नष्ट गरेको केराखेती तथा व्यापार गर्दै आउनुभएका इनर्देव लोगीले बताउनुभयो । केराखेती नष्ट हँुदा घर खर्चसमेत चलाउन समस्या हुने अवस्था आएको भलुवाका किसान दिलीप यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बैंकबाट ऋण लिएर केराखेती गरेको थिएँ तर एक्कासी बाढी पसेर केराको बोट सुक्दा लगानी त गयो गयो मेहनत खेर जाने भयो ।”

किसानले हालसम्म कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन् । वैशाखमा पनि पानीसँगै हावाहुरी आउँदा केरा ढलेर क्षति पुगेको थियो । यस क्षेत्रमा उत्पादित केरा राजधानी काठमाडौँ, पश्चिम नेपालगञ्ज, पुर्वमा काँकरभिट्टासम्म बिक्रिका लागि पु¥याइने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]