१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, भाद्र ०६, २०८१

जनकपुरधाम, ७ भदौ। हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाउनुभएको छ ।

उहाँले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्रीबीच कमला नदीमा नयाँ पुल निर्माण तत्काल सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नयाँ पुल निर्माणका लागि आव २०८२/०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल नगरेमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारले व्यहोर्ने, २०८१ मङ्सिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिरहा र धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

गत भदौ ४ गतेदेखि सङ्घर्ष समितिको संयोजक यादवको नेतृत्वमा १० जना आमरण अनशनमा बसेका थिए ।

अनशनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजीत यादव, ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का वडाअध्यक्ष सुरेन्द्रकुमार यादव, स्थानीय युवा मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव बसेका थिए ।

सङ्घीयता पश्चात हाम्रो अभिभावकत्व प्रदेश सरकारले स्वीकार्नुपर्छ भन्दै उनीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट अगाडि टेन्ट बनाएर अनशनमा बसेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]