०७ फाल्गुण २०८२, शुक्रबार
20-02-2026 , Fri
×

जनमतको प्रतिस्पर्धा जसपासँग होईन ,काँग्रेस र एमालेसँग हुन्छ : सीके राउत

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

जनकपुरधाम,८ भदौजनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीको प्रतिस्पर्धा जनता समाजवादी पार्टी(जसपा) नेपालसँग नभई नेपाली काँग्रेस र नेकपा एमालेसँग रहेको बताएका छन् ।

एक निजी टेलिभिजनसँग अन्तर्वार्तामा अध्यक्ष डा.राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र आफू सप्तरीको क्षेत्र नम्बर २ बाटै चुनाव लडेका संयोगका कारण त्यस विषयलाई मानिसले अर्कै अर्थबाट चित्रित गरिदिएको उल्लेख गरे ।

उनले जनमत पार्टी र जसपा नेपालका एजेण्डा समान भएको भन्दै दुवै पार्टी मधेश, सीमान्तकृत र सङ्घीयताको अधिकारका लागि लड्ने शक्ति भएको प्रस्ट्याए । अध्यक्ष डा.राउतले भने, ‘हामीबीच धेरै वैचारिक भिन्नता छैन ।’

डा.राउतले सबै शीर्ष नेता र तिनका आफन्तहरूका नाउँ रहेका भ्रष्टाचारका फाइलहरू पक्राउ गर्ने हदसम्म खोलिँदै जाँदा नेपाली काँग्रेस र नेकपा एमालेबीच रातारात गठबन्धन भएको बताए ।

उनले ठूला पार्टीमा राजनीतिक सँस्कार नरहेको टिप्पणी गर्दै अहिलेका नेताहरूले नयाँ पार्टी आयो भन्दै घाँटी निमोठ्न र कुल्चनमा लागिपरेका आरोप लगाए । उनले कसैका घरमा फुल फक्रिन लाग्दा मलजल गरी बोट फलोसफुलोस भन्ने चाहना राख्नुपर्नेमा भ्रुणमै हत्या गर्न खोज्ने ती नेताहरूलाई भ्रण हत्यारा भन्ने कि नभन्ने भनी प्रश्न गरे ।

अध्यक्ष डा.राउतले जनमत पार्टीको प्रमुख प्राथमिक्ता रोजगारी रहेको र त्यसका लागि पूर्वाधार विकास तथा नीति निर्माण रहेको जानकारी दिए । उनले सबै समस्या समाधानको साँचो रोजगारी रहेको औँल्याउँदै रोजगारीले शिक्षा, स्वास्थ्यसँगै आर्थिक अवस्थामा समेत सुधार ल्याउने बताए ।

‘कुनै परिवारमा रोजगारी भयो भने ती परिवारका सदस्यले अस्पतालमा पुगेर स्वास्थ्य सेवा लिन सक्छन् । आर्थिक गतिविधि गर्न सक्छन् । राम्रो लुगा लाउन सक्छन् । राम्रो खान पनि सक्छन्,’ डा.राउतले भने ।

उनले गाउँको कुनै परिवारमा साक्षरता कार्यक्रम, विद्यालय भर्ना कार्यक्रम ल्याएर त्यस परिवारका छोराछोरीलाई विद्यालय भर्ना गरिदिए तथा एकदुई महिनाको कापीकलम किनिदिए पनि त्यस घरमा रोजगारी नभए बच्चाले विद्यालय छाड्ने उदाहरण दिँदै भने, ‘ती बच्चाका बालाई पचिस हजारकै भए पनि रोजगारी दिन सकियो भने तिनीहरू आफै विद्यालय जानेछन् र पढ्नेछन् ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]