२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

कुस्ती प्रतियोगिताको समुदघाटन गर्दै : सांसद प्रदिप यादव

Logo
प्रकाशित सोमबार, आश्विन २०, २०७६

वीरगन्ज । वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका छन् ।

संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद यादवले मधेसको सान रहेको यस खेललाई प्रवर्द्धन गर्न सके यस प्रदेशकाे नाम विश्वजगतमा पुर्याउन सकिने बताउनुभएको छ ।

देशका सासकहरूले मधेसकाे यस्ता हिराहरूलाई पहिचान गर्न ढिलाई गरेकाले कुस्ती खेल स्थानीय अायाेजकमा मात्रै सिमित रहेको बताउदै उनले मधेसकाे पहिचान कुस्ती खेलाडीका गाेल्डमेडलिष्ट र नवखेलाडीहरूकाे मनाेबल बढाउने कार्यक्रम केन्द्रीय स्तरबाटै ल्याउन अाफु पहल गर्ने विश्वास दिलाउनु भएको थियाे ।

यस्ता कुस्ति प्रतियोगिताले संस्कृतिको रक्षा र नेपाल भारतकाे मित्रतालाई समेत बल पुर्‍याउने हुदाँ प्रदेश सरकारले दशैं, तिहार तथा छठमा लगाईने यस खेलमा सक्दाे सहयाेग पुर्‍याउनु पर्ने बताउनु भएको थियो |

नगवा मेला समितिका अध्यक्ष रामाधार चौरसियाकाे अायाेजनामा भएको मेलामा नेपालकाे धनुषा, राैतहट, बारा, पर्सा लगायत भारतको दिल्ली, बनारस, गोरखपुर, हाजिपुर, रामनगर गरी दुई दर्जन बढी कुस्ति खेलाडीको सहभागिता रहेको आयोजक समितिका सदस्य अशोक पटेलले जानकारी गराएका छन् ।

कार्यक्रममा वडा न. १६ का वडा अध्यक्ष श्यामबाबु चौरसिया, समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, वीरगंज महानगरपालिका कार्यपालिका सदस्य अजय सर्राफ़, नेशनल मेडिकल का प्रबन्ध निर्देशक बसरुदिन अंसारी लगायतकाे उपस्थिति रहेको थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]