२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

जनमत पार्टीले गरे आन्तरिक अनुशासनमा कडाइ

पार्टी सदस्यको गल्ती देखाउन गर्‍यो सार्वजनिक अपिल
Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र ०७, २०८१

काठमाडौँ ,८ भदौ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्तरिक अनुशासनमा कडाइ गरेको छ ।

पार्टीभित्रका कुनै सदस्यले कुनै किसिमले आफ्नो निहित स्वार्थ राखी या कुनै किसिमले समाजलाई नकारात्मक असर हुने काम गरेको पाइएमा पार्टीलाई जानकारी गराउन सर्वसाधारणलाई अपिल समेत गरिएको हो ।

त्यसका लागि पार्टीले एउटा गुगल फर्म सार्वजनिक गरेको छ । पार्टीका कुनै सदस्यले अनुशासनहीन काम गरेको जानकारी प्राप्त भएपछि फर्म भरेर जानकारी गराउन जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक कुमार साहले सर्वसाधारणलाई आग्रह गरेका हुन् । त्यसरी जानकारी गराउने व्यक्तिको विवरण गोप्य राखिने पनि प्रतिबद्धता उनले जनाएका छन् ।

गल्तीको गाम्भीर्य हेरी त्यस अनुसार कारबाही गर्न सकिने उनले जानकारी दिए । उनले गल्तीको प्रकृति र परिणाम हेरेर सदस्यको हकमा सम्बन्धित समितिले लिखित वा मौखिक रूपमा स्पष्टीकरण माग्ने, आलोचना गर्ने, लिखित रूपमा आत्मालोचना गराउने, चेतावनी दिने, पद वा सदस्यताबाट निलम्बन गर्ने, क्रियाशील सदस्यबाट नै हटाउने वा पदमुक्त गर्ने गरी कारबाही हुन सक्ने उपाध्यक्ष साहले बताए ।

कुनै पनि समिति वा सदस्यले आफूलाई तोकिएको दायित्व र जिम्मेवारी पालन नगरेमा समितिको हकमा माथिल्लो समितिले विघटन गर्न सक्नेछ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई एक पद घटुवा गर्न सक्ने प्रावधान रहेको उपाध्यक्ष साहले बताए ।

पार्टी अनुशासनको कारबाही भोगिरहेका क्रियाशील सदस्यले कारबाही अवधि भर पार्टीको कुनै पनि तह र जनप्रतिनिधिमूलक निकायको निर्वाचनमा उम्मेदवारी दिन नसक्ने बताउँदै उनले विशेष परिस्थितिमा केन्द्रीय अनुशासन समितिले तोकेको प्रक्रियाको अधीनमा रही कुनै पनि क्रियाशील सदस्य र समिति उपर कारबाही गर्न सक्ने बताए ।

पार्टी निर्णयको अवज्ञा गरेमा वा पार्टी हित र प्रतिष्ठामा आँच पुर्‍याउने काम गरेमा जनप्रतिनिधिहरूको हकमा पार्टी केन्द्रीय समितिले निर्वाचित भएको तहबाट हटाउनेसम्मको कारबाही गर्न सक्ने अधिकार अनुशासन विभागसँग रहेको उनले बताए ।

कुनै पनि सदस्य वा समिति उपर अन्तिम कारबाही गर्नुअघि व्यवहारिक निश्चित समय–सीमा तोकेर स्पष्टीकरण दिने मौका दिइनेछ । आफूमाथि भएको कारबाही उपर चित्त नबुझे कुनै पनि सदस्य वा समितिले माथिल्लो समितिमा पुनरावेदन दिन सक्ने उपाध्यक्ष ई.साहले बताएका छन् ।

के-के गर्दा पार्टीमा अनुशासनको उल्लङ्घन हुन्छ ?

१.पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेमा

२.पार्टीको निर्णय खुला रूपले उल्लङ्घन गरेमा

३.पार्टीभित्र गुटबन्दी वा षड्यन्त्र गरेको प्रमाणित भएमा

४.पार्टीको नीति, नियम, निर्णय र कार्यक्रमहरूको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएमा वा दुष्प्रचार गरेमा

५.पार्टी र नेतृत्वप्रति निष्ठा र विश्वास नरहेको प्रमाणित भएमा

६.पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको प्रमाणित भएमा

७.पार्टीको नाम, छाप, लेटरप्याड, सदस्यता रसिद वा पदको नाम बिना आधिकारिकता प्रयोग गरेमा वा कुनै पनि तरिकाले दुरुपयोग गरेमा

८.बिना आधिकारिकता (आधिकारिक समितिको निर्णय र आधिकारिक अनुमति बिना) कसैसँग सदस्यता शुल्क, चन्दा, लेवी वा अन्य आर्थिक लाभ उठाएमा

९.पार्टी समितिको गोपनीयता बदनियतले भङ्ग गरेमा

१०.पार्टीको जिम्मेवारीमा रहँदा पार्टीको निर्णय र निर्देशन विपरीत कार्य गरेमा

११.माथिल्लो समितिले दिएको निर्देशनलाई पटक–पटक अटेरी गरेमा वा लिएको जिम्मेवारी पटक–पटक पुरा गर्ने तत्परता न देखाएमा

१२.पार्टीद्वारा सञ्चालित आन्दोलन र कार्यक्रमको विपक्षमा रहेमा वा विरोधीहरूसँग साँठगाँठ गरेमा

१३.अनैतिक वा भ्रष्ट क्रियाकलाप गरेको प्रमाणित भएमा

१४.पदीय आचरण वा पार्टी प्रतिष्ठाको विपरीत आर्थिक अनुशासनहीनता वा कुनै अन्य गतिविधिमा संलग्न भएको प्रमाणित भएमा

१५.पार्टीको विधान वा नियमावलीमा सदस्यहरूले पालन गर्नु पर्ने भनी उल्लेखित कर्तव्यको उल्लङ्घन गरेमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]