३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

न्याय नपाएको मिटरब्याजपीडितको गुनासो

Logo
न्यूजमधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

सिरहा, ९ भदौ। मिटरब्याजपीडित सङ्घर्ष समितिका अगुवाहरूले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।

‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’द्वारा शनिबार सिरहाको गोलबजारमा आयोजित भेलामा मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमान्दार नभएको बताएका हुन् ।

“कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो । मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पार्ने काम गरेका छन्”, सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भन्नुभयो, “मिटरब्याजीले उल्टो पैसा, पहुँच र शक्तिको आडमा पीडितमाथि थप दमन गरिरहेका छन् ।” उहाँले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुन गइरहेको र त्यसपछि पनि सरकारको व्यवहार उचित नदेखिए सशक्त सङ्घर्ष थाल्ने चेतावनी दिनुभयो ।

त्यसैगरी सङ्घर्ष समितिका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरीका रूपमा लिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो सङ्घर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ । मिटरब्याजीले नै हामीमाथि दमन गरिरहेका छन् ।” साथै उहाँले मिटरब्याजको संरक्षक राजनीतिक दलहरू नै भएको आरापसमेत लगाउनुभयो ।

अनुचित लेनदेनसम्बन्धी कानुन बन्दा पनि पीडितले न्याय पाउने स्थिति नभएकाले आगामी दिनमा वारपारको लडाइँ लड्नुपर्ने अवस्था आउनसक्ने र त्यसका लागि सम्पूर्ण पीडितहरूलाई एकजुट भएर लाग्न मिटरब्याजी आन्दोलनका अगुवा रामरिझन यादवले आग्रह गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]