०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मुख्यमन्त्री सिँहद्वारा प्रादेशिक अस्पताल जलेश्वरमा छड्के

Logo
न्यूज मधेश प्रकाशित आइतबार, भाद्र ०८, २०८१

जलेश्वर, ९ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् ।

रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासोपछि मुख्यमन्त्री सिँहले आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् ।

मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए नआएका विषयमा खोजीनीति गरेका छन् ।

उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका छन् ।

निरीक्षणक्रममा मुख्यमन्त्री सिँहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन त्यहाँ उपलब्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गरिनुपर्ने निर्देशनसमेत दिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले दिन घर्केपछि अस्पतालमा डाक्टर र नर्स नहुने गुनासो आएपछि आफूले अस्पताल अनुगमन गरेको बताए । उनले डाक्टर र नर्सले हाजिरी गरेर घरमा नबसी निर्धारित काम जिम्मेवार भएर पुरा समय नियमित गर्नुपर्ने उल्लेख गरे ।

उनले प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिए ।

पत्रकारहरूको एक प्रश्नको उत्तरमा मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालमा चिकित्सक अनकल नभएर पुरा समय ड्युटीमा खटिनुपर्ने व्यवस्था गरिने पनि बताए ।

यसअघि मुख्यमन्त्री सिँह प्रादेशिक अस्पताल जनकपुरको शनिबार राति ११ बजे छड्के निरीक्षण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]