२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मठमन्दिरको सौन्दर्यीकरणमा मुख्यमन्त्रीको जोड

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठमन्दिरको सौन्दर्यीकरणमा जोड दिनुभएको छ ।

श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले मंगलबार जनकपुरधाममा आयोजना गरेको आशीष तिलक तथा पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य अगाडी बढाईसकेको बताउनुभयो ।
प्रदेश सरकारले विकासको सुरुवात जानकी मन्दिरको सौन्दर्र्यीकरणबाट गरेको स्मरण गराउँदै उहाँले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताए।

जानकी मन्दिर प्रदेशको धरोहर छ, उहाँले भन्नुभयो–यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५÷७ करोड बजेट दिने योजना छ ।जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
रामभजन दासको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा हुनुपर्ने धारणा राख्नुभयो ।

सप्तरीको सखरा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्ने मन्त्री सोनालले थप्नुभयो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले आ आप्mनो मन्तव्य राख्नुभएको थियो ।सो अवसरमा श्री रामानन्दीइ श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरका नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद हस्तान्तरण गरिएको थियो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधाम कार्य समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]