११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मठमन्दिरको सौन्दर्यीकरणमा मुख्यमन्त्रीको जोड

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि मठमन्दिरको सौन्दर्यीकरणमा जोड दिनुभएको छ ।

श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधामले मंगलबार जनकपुरधाममा आयोजना गरेको आशीष तिलक तथा पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मठमन्दिरको सौन्दर्यीकरण कार्य अगाडी बढाईसकेको बताउनुभयो ।
प्रदेश सरकारले विकासको सुरुवात जानकी मन्दिरको सौन्दर्र्यीकरणबाट गरेको स्मरण गराउँदै उहाँले जानकी मन्दिरमा प्रत्येक वर्ष बजेट विनियोजन गर्ने योजना रहेको बताए।

जानकी मन्दिर प्रदेशको धरोहर छ, उहाँले भन्नुभयो–यसको सौन्दर्यीकरणको लागि प्रत्येक वर्ष ५÷७ करोड बजेट दिने योजना छ ।जानकी मन्दिर परिसरभित्र सवारीसाधन प्रवेश निषेध गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री राउतले यसको लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
रामभजन दासको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जल, जमिन र जंगल प्रदेश सरकारको मातहतमा हुनुपर्ने धारणा राख्नुभयो ।

सप्तरीको सखरा भगवती, सिरहाको सलहेश फुलवारी, जनकपुरको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र बाराको सिम्रौनगढलाई धार्मिक करिडोरको रुपमा विकास गर्नुपर्ने मन्त्री सोनालले थप्नुभयो ।कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिनाक्षी झा, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतले आ आप्mनो मन्तव्य राख्नुभएको थियो ।सो अवसरमा श्री रामानन्दीइ श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरका नव निर्वाचित कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई पद हस्तान्तरण गरिएको थियो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा श्री रामानन्दीय श्री वैष्णव संघ तुलसी स्मारक, जनकपुरधाम कार्य समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका- १२ स्थित बिक्री गरिसकेको घर एक महिलाले गुण्डा लगाएर कब्जा गरेकी छन् । स्थानीय सावित्री गिरीले १५ वर्ष अगाडि २५ लाख रुपैयाँमा रामबाबु साहलाई बेचेको घरमा गुण्डा लगाएर कब्जा गरेकी हुन् । उनले घरधनी साहलाई उल्टै मिटरब्याजीको आरोप लगाउँदै प्रशासनमा उजुरी दिएकी छन् । घरधनी साहले घरका कोठाहरु भाडामा लगाएका […]