१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

सरकारी अस्पताल सुधारका लागि मुख्यमन्त्री सिँहले मन्त्री र सचिवसँग गरे छलफल

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १०, २०८१

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशस्थित विभिन्न प्रादेशिक अस्पताल अनुगमनक्रममा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री सिँह केही दिनयता जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुर र जलेश्वरको छड्के अनुगमन गरेका थिए । अनुगमनक्रममा अस्पतालको अवस्थाबारे आफ्नो बुझाइ र जनताका गुनासाकेन्द्रित समस्या सुल्झाउन मुख्यमन्त्री सिँहले विभागीय मन्त्री र सचिवसँग मंगलबार मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा छलफल गरेका हुन् ।

उनले बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको सँख्यावृद्धि, उनीहरूले नियमित तथा पूर्ण समय कामकाज गर्ने वातावरण निर्माण, औषधि वितरणमा सहजता, सरसफाइ व्यवस्थापन लगायत स्वास्थ्योपचारको गुणस्तर एवम् प्रभावकारिता वृद्धिका कार्यका लागि गरिनुपर्ने कार्य तत्काल अघि बढाउन मन्त्री सिँह र सचिव ठाकुरलाई निर्देशन दिए ।

अस्पतालका आकस्मिक सेवा, बहिरङ्ग, प्रसूति र सघन उपचार कक्ष सेवालगायतलाई थप मजबुत बनाउन पूर्वाधार विकास, जनशक्ति र औषधिउपकरणको उपलब्धताबारे समेत मुख्यमन्त्री सिँहले विभागीय मन्त्री र अधिकारीसँग परामर्श गरेका छन् ।

उनले सरकारी अस्पतालमा उपचार कार्यमा ढिलासुस्ती र हेलचेक्रयाइँ हुने गरेको जनताका गुनासा सम्बोधन गर्न कर्मचारी, चिसकत्सक र स्वास्थ्यकर्मीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउने प्रणालीको निरन्तर अनुगमन गरिनुपर्ने मुख्यमन्त्री सिँहले सुझाए ।

उनले भने, ‘अनुगमनक्रममा प्राप्त माग र सुझावका आधारमा अस्पतालमा परिणामुखी हुनेगरी काम गर्ने प्रणाली स्थापित गरिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]