३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सरकारी अस्पताल सुधारका लागि मुख्यमन्त्री सिँहले मन्त्री र सचिवसँग गरे छलफल

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १०, २०८१

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशस्थित विभिन्न प्रादेशिक अस्पताल अनुगमनक्रममा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँह कोइरी र मन्त्रालयका सचिव डा.सञ्जय ठाकुरसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री सिँह केही दिनयता जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुर र जलेश्वरको छड्के अनुगमन गरेका थिए । अनुगमनक्रममा अस्पतालको अवस्थाबारे आफ्नो बुझाइ र जनताका गुनासाकेन्द्रित समस्या सुल्झाउन मुख्यमन्त्री सिँहले विभागीय मन्त्री र सचिवसँग मंगलबार मधेश भवनस्थित मुख्यमन्त्रीको सरकारी निवासमा छलफल गरेका हुन् ।

उनले बिरामीको चापअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको सँख्यावृद्धि, उनीहरूले नियमित तथा पूर्ण समय कामकाज गर्ने वातावरण निर्माण, औषधि वितरणमा सहजता, सरसफाइ व्यवस्थापन लगायत स्वास्थ्योपचारको गुणस्तर एवम् प्रभावकारिता वृद्धिका कार्यका लागि गरिनुपर्ने कार्य तत्काल अघि बढाउन मन्त्री सिँह र सचिव ठाकुरलाई निर्देशन दिए ।

अस्पतालका आकस्मिक सेवा, बहिरङ्ग, प्रसूति र सघन उपचार कक्ष सेवालगायतलाई थप मजबुत बनाउन पूर्वाधार विकास, जनशक्ति र औषधिउपकरणको उपलब्धताबारे समेत मुख्यमन्त्री सिँहले विभागीय मन्त्री र अधिकारीसँग परामर्श गरेका छन् ।

उनले सरकारी अस्पतालमा उपचार कार्यमा ढिलासुस्ती र हेलचेक्रयाइँ हुने गरेको जनताका गुनासा सम्बोधन गर्न कर्मचारी, चिसकत्सक र स्वास्थ्यकर्मीलाई कामप्रति जिम्मेवार र जवाफदेही बनाउने प्रणालीको निरन्तर अनुगमन गरिनुपर्ने मुख्यमन्त्री सिँहले सुझाए ।

उनले भने, ‘अनुगमनक्रममा प्राप्त माग र सुझावका आधारमा अस्पतालमा परिणामुखी हुनेगरी काम गर्ने प्रणाली स्थापित गरिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]