२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

रोजगारी सृजना गर्न मधेस सरकार लागिपरेको छ : मुख्यमन्त्री सिंह

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, भाद्र १०, २०८१

जनकपुरधाम, ११ भदौ ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सुशासन, प्रभावकारी सेवा प्रवाह तथा रोजगारी सृजना गर्ने पक्षमा वर्तमान सरकार लागिपरेको बताएका छन्।

मंगलबार मुख्यमन्त्री सिंहले प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको प्रथम पुण्यतिथिको अवसरमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेलामा वृक्षारोपण अभियानको शुभारम्भ गर्दै नकारात्मक कुरालाई मात्र समाचारको विषय बनाएको खण्डमा सिंगो समाज नै नकारात्मक बन्ने भएकाले सकारात्मक सोचका साथ पत्रकारिता गर्नुपर्नेमा जोड दिए।

उनले गलत व्यक्तिका क्रियाकलापका कारणले संघीयतालाई बदनाम गराउने कुचेष्टा भए पनि जनताको घरदैलोमा सेवा सुविधा प्रदान गर्ने संघीय गणतन्त्र जस्तो अरू कुनै शासन व्यवस्था नभएकाले संघीयताको पक्षमा कलम चलाउनका लागि पत्रकारहरूलाई आग्रह गरे।

मुख्यमन्त्री सिंहले स्वर्गीय राजेश्वर नेपालीले सधैँ लोकतन्त्र तथा गणतन्त्रका लागि संघर्ष गरेको बताउँदै उनको निर्भिक पत्रकारिता अहिलेका युवापुस्ताका पत्रकारका लागि प्रेरणाको स्रोत बनेको बताए।

संघीयताको संस्थागत विकासका लागि जनताले संघीयताको अनुभूति गर्नेगरी प्रदेश सरकारले काम गर्न चाहेको उनले उल्लेख गरे। जनकपुरधाम उपमहानगरपालिका–२३ का वडाध्यक्ष राघवेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले बरको वृक्ष रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरे।

जनकपुरधाम–भिठामोड चार लेन विद्यापति सडक जनकपुरधामको वेला पुलबाट महोत्तरीको बनौली मोडसम्म आँप तथा चम्पाको फूल गरेर चार सय ५० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको वडा नंं २३ का वडाध्यक्ष राघवेन्द्र साहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]