२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

‘बच्चालाई स्कुल पठाउनुस्, स्कुलबाट फर्केपछि घरमा पढाउनस्’

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १०, २०८१

जनकपुरधाम, ११ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मंगलबार साँझ धनुषा जिल्लाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी त्यहाँका बासिन्दासँग समसदायका समस्याबारे छलफल गरेका छन् ।

महिनामा एकपटक एक दलित बस्ती अवलोकन गरी त्यहाँका विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जन लगायत समस्याका बारेमा स्थानीयसँग कुराकानी गर्ने कार्यक्रमअनुसार मुख्यमन्त्री सिँह वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका हुन् ।

बस्तीमा पुगेर मुख्यमन्त्री सिँहले महिला, बालबालिका, युवा तथा वृद्धसँग उनीहरूका समस्याका बारेमा जानकारी लिएका छन् । बस्तीका विभिन्न घरका दैलौमै बसेर उनले मुसहर समुदायका बालबच्चाको पढाइलेखाइ, स्वास्थ्योपचारका व्यवस्था, सरसफाइ, आयआर्जनका कामसँगै बानीव्यवहारका बारेमा सवालजबाफ गरेका थिए ।

मुख्यमन्त्री सिँहले सङ्घीयताका कारण जनप्रतिनिधिका रूपमा स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व भएको भन्दै सङ्घीयता संस्थागत गर्ने जिम्मेवारी सबै समुदायका जनताको रहेको समेत बताए ।

बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने गाउँमा भएका पुरुष पनि खेतीहर मजदुरका रूपमा काम गर्छन् । यस समुदायका महिलासमेत आआर्जनका लागि कृषिसम्बद्ध श्रम गर्ने गर्छन् ।

आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेकाले उनीहरूले आम्दानीको ठूलो हिस्सा गुम्ने गरेको गुनासो मुसहर समुदायका महिलाले मुख्यमन्त्री सिँहसँग गरेका थिए । त्यसको उत्तरमा मुख्यमन्त्री सिँहले यसमा सुधार ल्याउन समुदायबाट समेत पहल हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले गत दुई दशकमा अन्य समुदायमा परिवर्तन आए पनि मुसहर समुदायमा त्यस्तो हुन नसकेको भन्दै मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल हुनुपर्ने बताए । उनले कम उमेरमा छोरीको बिहा नगरी लेखपढ गराएर मात्र बिहाबारी गर्न मुसहर महिलालाई सुझाए ।

मुख्यमन्त्री सिँहले बस्तीका महिलालाई भने, ‘बच्चालाई घाँसदाउरा र मेलापात गराउने, वस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, सधैँ स्कुल पठाउनुस्, स्कुलबाट फर्कँदा घरमा पढोस् भन्ने कुरामा जोड गर्नुस् । समुदायको मुहार आफसेआफ फेरिन्छ ।’

बस्ती भ्रमणक्रममा मदिरा बिक्रीवितरण हुने रक्सी पसलअघि पुगेका मुख्यमन्त्री सिँहले रक्सीका कारण समाज बन्न नसकेको भनेपछि बिक्रीका लागि भुइँमा फिजाएर राखिएका रक्सीका बोतल पसले तत्काल थान्कोमुन्को लगाएका थिए ।

उनले जाँडरक्सी सेवन गर्ने समुदायका पुरुषलाई लक्षित गर्दै ‘साँझको अफिस’ बन्द गर्न आग्रह गरे । उनले त्यसो भनेपछि दुःख गरेर कामएको पैसाबाट दिनहुँ रक्सी खानेहरूका बारेमा समुदायका महिला समेतले मदिरापानलाई साँझको अफिस भन्न थालेका थिए ।

स्थानीयका अनुसार जिल्लाकै दलित समुदायमा मुख्यमन्त्री पुगेको भने पहिलोपटक हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]