२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मुख्यमन्त्री सिँहको अग्रसरतामा दुग्धमती नदी अतिक्रमणमुक्त गराइने

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र ११, २०८१

जनकपुरधाम,१२ भदौ । ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको छ । उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सो कार्य गरिने भएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले विसं २०२४÷२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले दुग्मती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्र गतिमा अघि बढाउने निर्णय गरेको मुख्यमन्त्री सिँहले बताए ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दिपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउत लगायत सहभागी रहेका थिए ।

यसैगरी दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे जानकारी लिन मुख्यमन्त्री सिँह धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लिएर लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँसम्म अवलोकन गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ ।

सरकारी अधिकारीहरूसमेत सम्मिलित मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले दुग्धमती पोखरीसँगै दक्षिणी भूभाग बनिनियाँसम्मको नदी अवलोकन गरेको हो ।

दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गम स्थलमा ठूलो मेला लाग्ने गर्दछ ।

धार्मिकशास्त्र अनुसार गंगा, सरयुग–जमुना झैं दुग्धमती नदीको धार्मिक महत्त्व एवम् मान्यता छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]