०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जनमतले अंजय साहलाई दियो मिर्चैया नगरध्यक्षको जिम्मेवारी

Logo
न्यूज मधेश प्रकाशित शनिबार, भाद्र १४, २०८१

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ ।

जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् ।

नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष डा. सिके राउत र सिंगो पार्टीप्रति आभार व्यक्त गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवार इमानदारीपूर्वक निर्वहन गर्ने प्रतिवद्धता पनि जनाए ।

यस्तै, नगरको महिला उपाध्यक्षको जिम्मेवारी अमिता यादव र पुरुष उपाध्यक्षको जिम्मेवारी सुनिल साहलाई दिइएको जनमत पार्टीले जनाएको छ ।

यसैगरी, सचिवको जिम्मेवारी लक्षमण मण्डल, सहसचिवको जिम्मेवारी जयप्रकाश साह (मोहन) र कोषाध्यक्षको जिम्मेवारी जय कुमारी महरालाई दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]