२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

उद्योग व्यवसायलाई प्रवर्द्धनका लागि कार्यविधि ल्याउँदैछौँः मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ३०, २०८१

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

“सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान हुन सक्दैन”, मुख्यमन्त्री सिंहले भन्नुभयो । उहाँले कार्यविधि उद्योगमैत्री भएकाले प्रदेशमा उद्योग तथा व्यवसाय फस्टाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सिंहले स्वदेशी उद्योगलाई सवल र समक्ष बनाउँदै स्वदेशमा उत्पादन भएको वस्तु तथा सामानलाई विदेशमा निर्यात गर्ने गरी काम गर्न उद्योगी व्यवसायीलाई अनुरोध गर्नुभयो । “अहिले नेपालबाट विदेशी मुलुकमा लाखौंँ अर्धदक्ष जनशक्ति गइरहेको अवस्था छ, तर स्वदेशी उद्योगमा जनशक्ति अभाव भइरहेको छ”, उहाँले भन्नुभयो, “सीप सिकेका जनशक्ति नहुँदा विदेशी मुलुकबाट दक्ष कामदार ल्याउनुपर्ने बाध्यता कायमै छ ।”

त्यस अवसरमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मधेस प्रदेशमा युवा उद्यमीले नवप्रवर्तकमार्फत उद्यमशीलताको विकास गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग परिसङ्घ मधेस प्रदेशका अध्यक्ष प्रमोदकुमार साहले प्रदेशका युवालाई उद्यमशिलतासँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चका अध्यक्ष आशीष अग्रवालले प्रदेश आर्थिक र औद्योगिक नगरी भएकाले पनि युवा उद्यमीहरु लगनशील भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । नेपाल उद्योग परिसङ्घ युवाउद्यमी मञ्च मधेस प्रदेश च्याप्टरका अध्यक्ष रजत बजाजले प्रदेशका सबै खालका युवालाई समेटेर उद्यमशीलताको विकास र प्रवद्र्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]