१७ माघ २०८२, शनिबार
31-01-2026 , Sat
×

अतिक्रमित जग्गा फिर्ता ल्याइनेछ : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आश्विन १७, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् ।

मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए ।

उनले जनकपुरधामको ५२ बिघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबारसहितको सभा हल र अन्य पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको बताए ।

“रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने समेत योजना बनाएका छौँ”, उनले भने । मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको पहिलाको स्वरूप अनुसारको विकास गर्न नक्सा सङ्कलनका लागि प्राविधिकसहितको टोली खटाउने काम प्रदेश सरकारले गरेको जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरण निर्माण आवश्यक भएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले सस्तो बजारबाट आम उपभोक्ता लाभान्वित हुने बताए । बिहिबारदेखि सुरु भएको सस्तो बजार यही असोज २५ गतेसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]