१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

सिमा क्षेत्रबाट नियन्त्रणमा लिएको अबैध कुखुराको चल्ला नष्ट

Logo
प्रकाशित मंगलबार, आश्विन २१, २०७६

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले सिमा नाकाहरुबाट चोरी हुने कुखुराको चल्ला नष्ट गरेको छ । भन्सार छली चोरी तस्करी गर्ने कार्यलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत शुक्रबार रातिको अबैध कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको Crime Investigation Team (CIT) टोलीले गस्ती गर्दै जाने क्रममा रौतहटको राजदेबी नगरपालीका वडा नं. ८ स्थित बेलबिछुवा गाउँ नजिक पुग्दा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदै गरेको अवश्थामा फेला परेका थिए ।

प्रहरी गस्ती टोली लाई देख्ना साथ उक्त कुखुराको चल्लाहरु राखेको ३४ वटा काटुनहरु बाटोमा फाली छाडी भारत तर्फ भागी फरार रहेकोले बेवारीसे अवश्थामा फेला पारेको कुखुराको चल्ला नियन्त्रणमा लियो । मुल्य तिन लाख चालीस हजार बराबरको कुखुराको चल्ला बिहानको समयमा स्थानिय पत्रकार,जिल्ला पशु कोरेन्टाईम रौतहटको प्रतिनिधि एवं स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा गौर नगरपालिका वडा नं. ४ स्थित लालबकैया नदी खोलाको बगरमा खाल्टो खनी नष्ट गरीएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]