०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

औरही गाउँपालिकामा प्रधानाध्यापकको दुर्व्यवहारविरुद्ध पूर्व विद्यार्थी मञ्चको आन्दोलन

Logo
न्युज मधेश प्रकाशित मंगलबार, मंसिर १७, २०८१

सिराहा, कार्तिक २९ – श्री सुन्दर जनता मावि औरहीमा आयोजित हाजिरीजवाफ प्रतियोगिता र गुरु सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादवको दुर्व्यवहार र धम्कीका कारण पूर्व विद्यार्थी मञ्च २०६४ व्याचले आन्दोलनको घोषणा गरेको छ।

कार्यक्रमका क्रममा समय अभावले छोट्याउनुपरेको अवस्थामा प्रधानाध्यापक यादवले आयोजक मञ्चका सदस्यहरूमाथि दुर्व्यवहार गर्नुका साथै कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप लागेको छ। यादवले विद्यालयकै अर्को साउन्ड सिस्टम बजाएर कार्यक्रमलाई अवरुद्ध गर्नुका साथै विद्युत आपूर्ति बन्द गरेर अपमानजनक व्यवहार गरेको सहभागीहरूको भनाइ छ।

विद्यालयको सम्पत्ति कब्जा र अनियमितताको आरोप

पूर्व विद्यार्थी मञ्चका सदस्यहरूले प्रधानाध्यापक यादवमाथि विद्यालयको भौतिक संरचना निर्माण, सम्पत्तिको दुरुपयोग, र व्यवस्थापन समितिमा पारिवारिक हस्तक्षेपको आरोप लगाएका छन्। विद्यालयका बिघौँ जग्गाको आम्दानी सार्वजनिक नगर्ने, पूर्व प्रधानाध्यापकलाई दबाब दिएर राजीनामा गराउने, र नयाँ व्यवस्थापन समिति गठनमा जालझेल गरेको मञ्चको दाबी छ।

विद्यालयको प्रशासन पारदर्शी नभएको, करिब २० लाख रुपैयाँको हिसाब सार्वजनिक नगरेको र विद्यालयको सम्पत्ति केही सीमित व्यक्तिको स्वार्थमा प्रयोग भइरहेको आन्दोलनकारीहरूको आरोप छ।

आन्दोलनका कार्यक्रम सार्वजनिक

आफ्नो माग पूरा गराउन पूर्व विद्यार्थी मञ्चले गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ। पालिका अध्यक्ष शिवजी यादवले घटना ७५ प्रतिशत आफूले प्रत्यक्ष देखेको स्वीकार गरे पनि कारबाहीका लागि कुनै ठोस कदम नचालेको भन्दै मञ्चले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।पत्रकार सम्मेलनमार्फत मञ्चले विद्यालय सुधारका लागि संघर्ष जारी राख्ने, र आवश्यक परे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

पालिकाले प्रधानाध्यापकलाई संरक्षण गरेको आरोप

मञ्चका सदस्यहरूले पालिका अध्यक्ष शिवजी यादवलाई प्रधानाध्यापकलाई बचाउन खोजेको आरोप लगाएका छन्। विद्यालयको प्रशासनमा भइरहेको अनियमितता र भ्रष्टाचार सार्वजनिक गर्न मञ्चले राष्ट्रिय सञ्चार माध्यमसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यादवलाई तत्काल कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन

यस विषयमा प्रतिक्रिया लिन विद्यालयका प्रधानाध्यापक विवेक कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवसँग सम्पर्क गर्न खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन।

मञ्चले प्रधानाध्यापक यादवलाई पदच्युत गर्न र भ्रष्टाचारमा संलग्नहरूमाथि छानबिन गरी कडा कारबाही गर्न माग गर्दै आन्दोलनलाई थप व्यापक बनाउने चेतावनी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]