२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

औरही गापा-२ तुलसीपुरमा प्रदेश सांसद संजय यादवले गरे सडक ढलानको शिलान्यास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित आइतबार, पुष २०, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो।

शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का न. PUDBC/SAPTARI/WORK/NCB/21/2081-82 रहेको उक्त निर्माण कार्य २०८१ चैत ३१ भित्र सक्नुपर्ने छ।

जनमत पार्टी बाट निर्वाचित समानुपातिक सांसद माननीय विनिता कुमारी सिंह ज्यूको सिफारिसमा उक्त सडकमा दुई मन्त्रालय बाट एक करोड १५ लाख र एक करोड पैचालिस लाख गरि दुई करोड ६० लाख रकम विनियोजन भएको हो। जस मध्ये ४४० मिटर सडक ढलान र ८३० मिटर कालोपत्रे हुने जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव , वडा न.२ को वडा अध्यक्ष राम अयोधी यादव , सिरहा क्याम्पस स्वबियु सभापति दिपेन्द्र कुमार यादव , जनमत पार्टी वडा कमिटी अध्यक्ष प्रशुराम यादव , वडा सदस्य , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]