२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

औरही गापा-२ तुलसीपुरमा प्रदेश सांसद संजय यादवले गरे सडक ढलानको शिलान्यास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित आइतबार, पुष २०, २०८१

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो।

शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का न. PUDBC/SAPTARI/WORK/NCB/21/2081-82 रहेको उक्त निर्माण कार्य २०८१ चैत ३१ भित्र सक्नुपर्ने छ।

जनमत पार्टी बाट निर्वाचित समानुपातिक सांसद माननीय विनिता कुमारी सिंह ज्यूको सिफारिसमा उक्त सडकमा दुई मन्त्रालय बाट एक करोड १५ लाख र एक करोड पैचालिस लाख गरि दुई करोड ६० लाख रकम विनियोजन भएको हो। जस मध्ये ४४० मिटर सडक ढलान र ८३० मिटर कालोपत्रे हुने जनाएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादव , वडा न.२ को वडा अध्यक्ष राम अयोधी यादव , सिरहा क्याम्पस स्वबियु सभापति दिपेन्द्र कुमार यादव , जनमत पार्टी वडा कमिटी अध्यक्ष प्रशुराम यादव , वडा सदस्य , बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]