०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

हाम्रो स्कुलिङ् ललिता निवास,वाईडवडी,भुटानी शरणार्थी, सुन काण्ड जस्ता काण्डै काण्ड गर्ने नेताहरु बाट भएको छैन: सांसद साह

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित शुक्रबार, पुष २५, २०८१

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत लाई अनारी खेलाडी भनेर रोस्ट्रममै भाषण गरेका थिए। त्यही बिषयलाई लिएर आज सांसद साहले जवाफ फर्काएको छ।

उनले यो सरकार गठबन्धनको सरकार हो र यो सरकारले संचालन गर्ने हरेक कामको क्रेडिट गठबन्धनमा आवद्ध सम्पुर्ण दललाई जाने भन्दै काममा बाधा नपुर्‍याउन र काम अगाडि बढाउन आग्रह गरे। मुख्यमन्त्री लाई काङ्ग्रेसका नेताहरुले गरेको प्रश्न तथा आरोप प्रत्यारोपको सम्बन्धमा उनी मुख्यमन्त्री एकलैले सबै थोक गर्ने हो भने आफ्ना दलबाट रहेको मन्त्री फिर्ता गर्न समेत सुझाए। नभए त्यही प्रश्न आफ्ना पार्टी बाट मन्त्री रहेका माननीय लाई गर्न समेत भने।

यो त जनमत नेतृत्वको सरकार हो । यसलाई फेल गर्नुपर्छ भने भाव त्यागेर काम गर्न सल्लाह दिए। काङ्ग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बन्न हतार नगर्न पनि अनुरोध गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]