२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

हाम्रो स्कुलिङ् ललिता निवास,वाईडवडी,भुटानी शरणार्थी, सुन काण्ड जस्ता काण्डै काण्ड गर्ने नेताहरु बाट भएको छैन: सांसद साह

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित शुक्रबार, पुष २५, २०८१

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा.सीके राउत लाई अनारी खेलाडी भनेर रोस्ट्रममै भाषण गरेका थिए। त्यही बिषयलाई लिएर आज सांसद साहले जवाफ फर्काएको छ।

उनले यो सरकार गठबन्धनको सरकार हो र यो सरकारले संचालन गर्ने हरेक कामको क्रेडिट गठबन्धनमा आवद्ध सम्पुर्ण दललाई जाने भन्दै काममा बाधा नपुर्‍याउन र काम अगाडि बढाउन आग्रह गरे। मुख्यमन्त्री लाई काङ्ग्रेसका नेताहरुले गरेको प्रश्न तथा आरोप प्रत्यारोपको सम्बन्धमा उनी मुख्यमन्त्री एकलैले सबै थोक गर्ने हो भने आफ्ना दलबाट रहेको मन्त्री फिर्ता गर्न समेत सुझाए। नभए त्यही प्रश्न आफ्ना पार्टी बाट मन्त्री रहेका माननीय लाई गर्न समेत भने।

यो त जनमत नेतृत्वको सरकार हो । यसलाई फेल गर्नुपर्छ भने भाव त्यागेर काम गर्न सल्लाह दिए। काङ्ग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई मुख्यमन्त्री बन्न हतार नगर्न पनि अनुरोध गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]