२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

जनमत सांसद बिनिता सिंह द्वारा बरियारपट्टी-४ सोहापुर विद्यालयमा ९ कोठे भवनको सिल्यानास

Logo
दिपेन्द्र कुमार यादव प्रकाशित बिहिबार, फाल्गुण १४, २०८१

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ।

सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको हो । मा जानकी कन्ट्रक्सन एण्ड सप्लायर्स मिथिला बिहारी नगरपालिका धनुषाले २०८२/३/१५ मा सम्पन्न गर्ने गरी सम्झौता भएको हो।

उक्त विद्यालयमा डेक्सबेन्च लगायत भौतिक संरचनाको अभाव रहँदै आएकोमा निर्माण हुन लागेको भवन निर्माण सम्पन्न भइसकेपछि भौतिक संरचनाको अभाव मेटिने र शैक्षिक वातावरण सहज हुने विद्यालयका प्रधानाध्यापक बताउँछन्।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष महतो , उपाध्यक्ष ममता कुमारी यादव ,वडा अध्यक्ष नवीन यादव , लगायत समाजसेवी भरभलादमीहरूको उपस्थिति रहेको थियो। गत आ.ब.मा उक्त विद्यालयमा जनमत पार्टीबाटै निर्वाचित प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री माननीय संजयकुमार यादवको संसदीय विकास कोषबाट बाउन्ड्री वाल समेत निर्माण भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]