०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजीको चेतावनी 

Logo
न्युज मधेश प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् ।

जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा नगरिए कार्तिक १३ गतेबाट आन्दोलन गर्ने उल्लेख छ।

जेनजी औरहीले गत २०८२ आश्विन २६ गते गाउँपालिका अध्यक्ष शिवजी यादवलाई ज्ञापन पत्र बुझाएको थियो । यस्तो छ ज्ञापन-पत्र मार्फत् गरिएको मागहरु :

१) दरबन्दी बाहेक सबै कर्मचारी हटाउनुपर्ने ।

२) गाउँपालिकामा रहेको सरकारी गाडी मर्मतको नाममा भ इरहेको अनियमितत रोक्नुपर्ने । सरकारी गाडीको दुरुपयोग रोक्नुपर्ने । नीजि गाडी भाडामा लिएर चढ्ने र मोजमस्ती गर्ने प्रवत्ति बन्द हुनुपर्ने ।

३) भ्रष्यचार र अनियमितताको मल जड नै अपारदर्शिता हो । तसर्थ पालिकाबाट सञ्चालन हने दैनिक कामकाज दर्ता, चलानी, सूचना, टेण्डर , कोटेशन, बैठक, कार्यक्रम आदिको प्रतिवेदन विवरण दैनिक रुपमा सार्वजानिक गर्नुपर्ने ।

४) गाउँ सभाबाट पारित भएको चाल आवको बजेट यथाशीघ्र वेबसाइट र सामाजिक संजालमा राख्नुपर्ने ।

५) विद्यालयहरुको पठन-पाठन र स्वास्थ्य संस्था (हेल्थ पोस्ट) अस्पतालबाट प्रदान हुने सेवामा सधार गर्नुपर्ने ।

यस्तै औरही प्रिमियर लिग २०८१ पाँचौं संस्करणका लागि पेसकी लिने कर्मचारी शिक्षक उमेन्द्र यादव स्वयंमले लिगको नाममा भ्रष्टाचार भएको स्वीकार गरेका छन् । साथै खेलमा संलग्न खेलाडी दिपेन्द्र कुमार यादव स्वयंमले फेसबुक लाईभमा आएर २ लाख १४ हजार ७ सय रुपैया मात्रै खर्च भएको स्पष्ट गरिसकेका छन् । यस्तो अवस्थामा भ्रष्टाचारमा संलग्न कर्मचारीहरू उपर कारवाही गर्न तथा उचित छानविनको लागि गाउँपालिकाले अख्तियारमा लेखी पठाउनु पर्ने माग पनि जेनजीले राखेको छ ।

 

साथै औरही प्रिमियर लिग २०८१ मा भएको अक्सनबाट खरिद भएका खेलाडीहरूको रकम पनि जेनजीको सहभागीतामा कार्तिक १२ गतेभित्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]