०२ कार्तिक २०८२, आइतबार
19-10-2025 , Sun
×

औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजीको चेतावनी 

Logo
न्युज मधेश प्रकाशित आइतबार, कार्तिक ०२, २०८२

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् ।

जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा नगरिए कार्तिक १३ गतेबाट आन्दोलन गर्ने उल्लेख छ।

जेनजी औरहीले गत २०८२ आश्विन २६ गते गाउँपालिका अध्यक्ष शिवजी यादवलाई ज्ञापन पत्र बुझाएको थियो । यस्तो छ ज्ञापन-पत्र मार्फत् गरिएको मागहरु :

१) दरबन्दी बाहेक सबै कर्मचारी हटाउनुपर्ने ।

२) गाउँपालिकामा रहेको सरकारी गाडी मर्मतको नाममा भ इरहेको अनियमितत रोक्नुपर्ने । सरकारी गाडीको दुरुपयोग रोक्नुपर्ने । नीजि गाडी भाडामा लिएर चढ्ने र मोजमस्ती गर्ने प्रवत्ति बन्द हुनुपर्ने ।

३) भ्रष्यचार र अनियमितताको मल जड नै अपारदर्शिता हो । तसर्थ पालिकाबाट सञ्चालन हने दैनिक कामकाज दर्ता, चलानी, सूचना, टेण्डर , कोटेशन, बैठक, कार्यक्रम आदिको प्रतिवेदन विवरण दैनिक रुपमा सार्वजानिक गर्नुपर्ने ।

४) गाउँ सभाबाट पारित भएको चाल आवको बजेट यथाशीघ्र वेबसाइट र सामाजिक संजालमा राख्नुपर्ने ।

५) विद्यालयहरुको पठन-पाठन र स्वास्थ्य संस्था (हेल्थ पोस्ट) अस्पतालबाट प्रदान हुने सेवामा सधार गर्नुपर्ने ।

यस्तै औरही प्रिमियर लिग २०८१ पाँचौं संस्करणका लागि पेसकी लिने कर्मचारी शिक्षक उमेन्द्र यादव स्वयंमले लिगको नाममा भ्रष्टाचार भएको स्वीकार गरेका छन् । साथै खेलमा संलग्न खेलाडी दिपेन्द्र कुमार यादव स्वयंमले फेसबुक लाईभमा आएर २ लाख १४ हजार ७ सय रुपैया मात्रै खर्च भएको स्पष्ट गरिसकेका छन् । यस्तो अवस्थामा भ्रष्टाचारमा संलग्न कर्मचारीहरू उपर कारवाही गर्न तथा उचित छानविनको लागि गाउँपालिकाले अख्तियारमा लेखी पठाउनु पर्ने माग पनि जेनजीले राखेको छ ।

 

साथै औरही प्रिमियर लिग २०८१ मा भएको अक्सनबाट खरिद भएका खेलाडीहरूको रकम पनि जेनजीको सहभागीतामा कार्तिक १२ गतेभित्र उपलब्ध गराउनु पर्ने माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]