१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

ओलिको चाकडी : चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि टालटुले बिकास, करोडौँ खर्च

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सडक मर्मत तथा अन्य सौन्दर्यका कामले तीव्रता पाएको छ । रातारात करोडौँ खर्च हुंदा भ्रष्टाचारले प्रसय नपाउने कुरै भएन । विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि बिगतमा झैं यस वर्ष पनि काठमाडौं चिटिक्क बन्दैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारका सम्बन्धित निकाय यतिबेला काठमाडौंका मुख्य सडक तथा केही महत्वपूर्ण स्थानमा रङरोगनका साथै विरुवा रोपेर हराभरा बनाउन सरकार तल्लिन छ । विदेशी पाहुना आउने भन्ने वित्तिकै काठमाडौंमा रातारात विकासका काम हुने गरेका छन् ।

उत्तरी छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिस्तरको भ्रमणका लागि चिनियाँ राष्ट्रपति सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ भने ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । यसैगरी मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ । यतिबेला कोटेश्वरस्थित तीनकुनेमा विरुवाहरु रोपेर कृत्रिम आइल्याण्ड बनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, थापाथली क्षेत्रका सडक मर्मत गरिएको छ । यसैगरी गौशाला, नक्साल भगवती, नागपोखरी, हात्तीसार, दरबारमार्ग, केशरमहल, भद्रकाली, सुन्धारा, कालीमाटी, सोल्टीमोडलगायतका क्षेत्रमा पनि सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]