१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

ओलिको चाकडी : चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि टालटुले बिकास, करोडौँ खर्च

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

काठमाडौं । अहिले काठमाडौं उपत्यकामा सडक मर्मत तथा अन्य सौन्दर्यका कामले तीव्रता पाएको छ । रातारात करोडौँ खर्च हुंदा भ्रष्टाचारले प्रसय नपाउने कुरै भएन । विशिष्ट विदेशी पाहुनाको स्वागतका लागि बिगतमा झैं यस वर्ष पनि काठमाडौं चिटिक्क बन्दैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सरकारका सम्बन्धित निकाय यतिबेला काठमाडौंका मुख्य सडक तथा केही महत्वपूर्ण स्थानमा रङरोगनका साथै विरुवा रोपेर हराभरा बनाउन सरकार तल्लिन छ । विदेशी पाहुना आउने भन्ने वित्तिकै काठमाडौंमा रातारात विकासका काम हुने गरेका छन् ।

उत्तरी छिमेकी मुलुक चीनबाट २३ वर्षपछि राष्ट्रपतिस्तरको भ्रमणका लागि चिनियाँ राष्ट्रपति सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको छ भने ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । यसैगरी मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ । यतिबेला कोटेश्वरस्थित तीनकुनेमा विरुवाहरु रोपेर कृत्रिम आइल्याण्ड बनाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि, तीनकुने, नयाँ वानेश्वर, बबरमहल, माइतीघर, सिंहदरबार, थापाथली क्षेत्रका सडक मर्मत गरिएको छ । यसैगरी गौशाला, नक्साल भगवती, नागपोखरी, हात्तीसार, दरबारमार्ग, केशरमहल, भद्रकाली, सुन्धारा, कालीमाटी, सोल्टीमोडलगायतका क्षेत्रमा पनि सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]