२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टार रबिराज शाह आउँदै

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

राजबिराज। बिजयादशमी,शुभ दीपावली तथा छठ पर्वको अबसरमा आयोजित राजबिराज रमाइलो महोत्सवमा नेपाल लोकस्टारका प्रतिस्पर्धि रबिराज शाह आउने भएका छ्न ।

सप्तरी युथ नेपाल राजबिराजको आयोजनामा आयोजित रमाइलो मेलामा आउदो शनिबार असोज २५ गते मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारका ट्प ६ का प्रतिस्पर्धी रविराज साह आउने भएका हुन ।

एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम राजबिराजमा आयोजित राजबिराज रमाइलो महोत्सव यहि २५ गते शनिबार आउने बताएका छ्न । नेपाल लोकस्टारमा आफ्नो भाषागत गीत संगीतमा सबैलाई झुमाउन सफल रविराज टप ६ सम्म पुगेका थिए । उहाँले नेपाली, भोजपुरी, मैथिली, बज्जिका, हिन्दी, अवधी, मगही, थारू आदि अनेकौं भाषाका गित गाईसकेका छ्न । मिथिला मधेशका विभिन्न दिग्गज संगित बादशाहहरुको गीत गाएर उनी सधैं चर्चामा रहदै आएका छ्न ।

राजबिराज रमाइलो महोत्सवमा ग्रीन नेपाल सह-आयोजकको रूपमा रहेको छ भने महोत्सवको प्रबर्द्कको रूपमा सप्तरी उध्योगबाणीज्य संग सप्तरी,सहयोगीमा राजविराज नगरपालिका र खेलकुद बिकास समिति तथा समन्वयमा सबल नेपाल , एससीडिसी नेपाल ,ड्रिम नेपाल,सनराज नेपाल, आइडियल सहकारी संस्था लि राजविराज रहेका छ्न।

उक्त राजबिराज रमाइलो महोत्सव राजबिराज नगरपालिकाको राज रंगशालामा चलिईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]