१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

नेपाल कम्युनिष्ट पार्टी नुन्थरको शुभकामना तथा मेलमिपाल सम्पन्न

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

प्रमोद सहनी ,रौतहट। नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटले बिजिया दशमी ,दिपावली तथा छठ्को शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा उक्त क्षेत्रका तत्कालिन नेकपा एमाले र माओवादी कार्यकर्ताहरु बिच मेलमिलाप कायम गरेको आयोजक समितिले जनाएको छ ।

साथै उक्त शुभकामना कार्यक्रममा विविध छलफल गरि मेलमिलाप समेत गरेको आयोजक समितिले जनाएको छ । सभाका सभा अध्यक्ष हरदेव ठाकुरले शुभकामना दिदै भने “अबको आउँदो चुनावमा भारी बहुमले चित्ने छौं ” ।

यसैगरी प्रमुख अतिथि माननीय सभासद तथा ऊर्जा मन्त्री क. सत्य नारायण भगत विनले २०७० सालको चुनावको अहिले सम्म गेडही गुठ्ठी गाउँको ऋण तिर्न तिर्न पाएका छैनौं अबको हाम्रो बहुमतले छिटै ऋण चुकाउने प्रतिबद्धता जनाए ।

त्यस्तै नेकपा एमालेका प्रत्याशी उम्मेदवार वडा अध्यक्ष श्याम नन्दन सहनी तथा एक सय पन्ध्र जनाको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ ।

उद्घोषक दिनेश प्रसाद जयसवालले गरेका थिए भने नेपाल कम्युनिष्ट पार्टी गरुडा नगरपालिका वडा नं २ गेडही गुठ्ठी रौतहटको आयोजना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]