२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु,दुई घाइते

Logo
प्रकाशित बिहिबार, आश्विन २३, २०७६

राजविराज। सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा दुईको मृत्यु भएको छ भने दुई घाईते भएको छ । सप्तरीको खड्क नगरपालिका ८ स्थित विसनपुर चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा सुरुङ्ग नगरपालिका १ पिपराका २७ वर्षीय अरविन्द चौधरी र खडक नगरपालिका ६ विसनपुरका २८ वर्षीय मो.अनबारुल अन्सारीको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा लहान स्थित राउ स्मारक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन्। उक्त दुर्घटनमा परी घाइते हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका १ पिपरा बस्ने १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका ६ बिसनपुर बस्ने ४० वर्षीय मोहम्मद किसुधीन रहेका छन्। उनीहरुलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जादैँ गरेको बा ६८ प ६८८७ र विपरित दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]