०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

एकता नगरे राजपाको अन्त्य हुने अध्यक्ष यादवको चेतावनी

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

राजबिराज। उप–प्रधान एवम् स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीसँग एकता नगरे राष्ट्रिय जनता पार्टी (राजपा) को अन्त्य हुने चेतावनी दिएका छन् ।

समाजवादी पार्टी नगर समिति राजबिराजद्वारा बिहिवार राजबिराजमा बडा दसैं, दिपावली, छ्ठ पर्वको अवसर आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यस्तो चेतावनी दिएका हुन ।

अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आफ्नो पार्टीसँग एकीकरण गर्ने बाहेकको विकल्प नरहेको बताए।‘राजपाले समाजवादी पार्टीसँग एकीकरण गर्नु वाहेकको विकल्प छैन’, यादवले भने, ‘अन्यथा राजपाको अन्त्य सुनिश्चित छ ।’

संविधान संशोधन गरेर मुलुकलाई निकासतर्फ उन्मुख गर्ने वर्तमान सरकारको जिम्मेवारी पनि रहेकोले संशोधनको विषयलाई गम्भिरतापूर्वक लिन उनले आग्रह समेत गर्दै अब पनि सरकारले संशोधनतर्फ अघि नबढे बाध्य भएर आफूहरु संघर्षको बाटोमा लाग्ने चेतावनी दिएका छ्न ।

समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले मधेसी, आदिवासी जनजाति, दलित समुदायको अधिकारका लागि लड्ने पार्टी समाजवादी मात्र रहेको दाबी गरिन । उनले अधिकार सुनिश्चितताको लागि उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिईन । यादवले समाजवादी पार्टी सरकारमा रहे पनि हालसम्म संविधान संशोधन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन् ‘संविधान संशोधन गर्न दुई तिहाईको आवश्यकता थियो, त्यसैले समाजवादी पार्टी सरकारमा गएको हो । तर हालसम्म किन संविधान संशोधन हुन सकेन यसको जवाफ पार्टी अध्यक्ष उपेन्द्र यादवले दिनुपर्छ ।’

सप्तरी क्षेत्र नबर १ का सासद डा. सुर्य नारायण यादवले देशमा भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि व्यक्त गरे ।उनले देशमा ब्याप्त अराजकता बिरुद्ध लड्दै सुशासन कायम गरि संघीयता बचाउने दाइत्व समाजबादी पार्टीको समेत रहेको उल्लेख गर्दै नेता कार्यकर्तालाई भ्रष्टाचार विरुद्ध अभियान चलाउन आग्रह गरे ।

राजबिराजस्थित श्री राधा कृष्ण मन्दिरको सभाहलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा समाजवादी पार्टी नगर समिति राजबिराजका अध्यक्ष भिमराज यादव,केन्द्रिय सदस्यहरू कैलाश यादव, उमेश यादव, बिनोद चौधरी, अशोक यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, मधेस प्रदेश समितिका सचिब दिनेश कुमार यादव, मधेस प्रदेश समिति सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज सत्य नारायण यादव,सदस्यहरु युसुफ अलि, भिम बहादुर घिसिङ तामाङ, राधेश्याम पंडित, अमृत साफी, प्रेस नेपालका केन्द्रिय सदस्य नवीन नरसिंह नेपाली, समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय सदस्य तारकेश्वर यादव, समाजवादी महिला संघ सप्तरीका अध्यक्ष मिरा यादव, महिला नेत्री रमिला साह, कलाकार शिवशंकर यादव, पुर्व शिक्षक कर्ण यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]