०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जनताको समस्यालाई चाडै समाधान गर्ने : सांसद यादव

Logo
प्रकाशित शुक्रबार, आश्विन २४, २०७६

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ।

सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन।

छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । स्थानीयको गुनासो सुनेपछि सांसद यादवले इनर्वामा कृषिको प्रचुर सम्भावना रहेको र कृषिकै लागि सरकारले पनि विभिन्न योजना ल्याएकाले त्यसको सदुपयोग गर्न स्थानीयसंग आग्रह गरेको छ । उनले सहकारी संस्थाहरुको बदमासी बढ्दै गएकाले कृषकहरुले बचत र कर्जाका लागि कृषि विकास बैंकमा कारोबार गर्नु पर्नेमा यादवले जोड दिएका हुन ।

इनर्वामा रहेका सबै विद्युत पोलहरुमा आगामी १० दिन भित्रै बल्बहरु जडान गरिने प्रतिबद्धता पनि उहाले जनाउनुभयो । नेपाल भारतको सीमा रहेका कारण इनर्वाको विकास गर्नु अत्यन्त जरुरी रहेको भन्दै उहाले इनर्वाको विकास भए मात्रै वीरगन्जको विकास हुन सक्ने बताउनुभयो ।

उहाले इनर्वामा रहेको सामुदायीक विद्यालयमा भवन , गाँउमा प्रवेशद्धार र धर्मशाला निर्माणका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । इनर्वामा विद्यमाान समस्याहरु सामधानका लागि संघ , प्रदेश र स्थानीयि सरकारसंग समन्वय गर्न आफुले पहल गर्ने पनि उहाले बताउनुभयो ।

समाजवादी पार्टीका जिल्ला सदस्य लालदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टीका इकाइ अध्यक्ष अरुण यादव, स्थानीय नेताहरु सुरेश राम , मकबुल मिया ठकुराइ , रामनाथ राम , हरिशंकर यादव , सबाबुद्धिन अन्सारी , हृदेश पटेल , मुन्ना साह , अशोक पटेल लगायतको पनि उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]