१२ माघ २०८२, सोमबार
26-01-2026 , Mon
×

दुर्घटना न्यूनिकरण गर्न ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट विरण

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

सिरहा । सडक दुर्घटना बढ्न थालेपछि सिरहाका सडकमा चेकजाँचमा कडाइ गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी पोष्ट लहानको टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१ सिङ्ग्राहीमा रोकेर सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन थालिएको हो ।

राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ।

पूर्व पश्चिम लोकमार्गमा बिभिन्न सवारी साधनका ४५ जना चालक लगायत १२५ जनालाई सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन गरिनुको साथै १२५ थान ट्राफिक जनचेतनामुलक पर्चा पम्पलेट विरण गरिएको छ ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनिकरण सम्बन्धि कक्षा संचालन गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]