१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

कर्जन्हा सिरहामा दुर्घटना हुँदा साईकल यात्री गम्भीर घाइते, विराटनगर रिफर गर्यो

Logo
प्रकाशित शनिबार, आश्विन २५, २०७६

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आज बिहान भएको दुर्घटनामा साईकल यात्री गम्भीर घाइते भएको छ । घटना स्थल ट्राप्र पोष्ट मिर्चैयाबाट अन्दाजी ४/५ किलोमिटर पश्चिममा रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको सिरहा कर्जन्हा नगरपालिका १० प्रयागपुर स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो जिपले बाटो क्रस गर्दै गरेको साईकल यात्रिलाई ठक्कर दिंदा भएको सवारी दुर्घटनामा साईकल यात्री गम्भीर घाइते भएको हो ।

गम्भीर घाइते हुनेमा कर्जन्हा नगरपालिका १० बस्ने वर्ष ५५ को घुरन साह रहेको मिर्चैया प्रहरीले जनाएको छ । टाउको र ढाडमा चोट लागी गम्भिर घाईते हुंदा तत्काल स्थानिय अस्पताल शान्ति हेल्थ केयर मिर्चैया सिरहामा उपचार पश्चात थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको सिरहा प्रहरीले जनाएको छ ।

पश्चिम बाट पुर्व तर्फ जादै गरेको मे१ज २५५५ नं.को बोलेरो जिपले बाटो क्रस गर्दै गरेको साईकल यात्रिलाई ठक्कर दिएको थियो ।

यसैगरी जिप र जिप चालक झापाको बिर्तामोड नगरपालिका ३ बस्ने बर्ष ३० को बेनु बहादुर लिम्बुलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रण लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]