०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

जनकपुरमा पहिलो पल्ट छाला,आँखा दान सन्दर्भमा जनचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

गोविन्द ठाकुर , जनकपुर । समाधान (सोलुसन) समाजको जनकपुर शाखाद्वरा जनकपुर -१६ कपिलेश्वरको महादेव मन्दिरको प्राङनमा छाला दान, आँखा दानको सन्दर्भमा जनचेतना मुलक कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ ।

संस्थाको जनकपुर शाखाका अध्यक्ष दिलिप कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव रहेको थियोे । साथै उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाल आखा दान समजका केन्द्रिय माहासचिव साधुराम महर्जनको समेत उपस्थिति रहेको थियोे ।

उहाँ तिल गङगा आँखा बैंक, नेपाल जल्न प्रतिस्ठानका सचीव, रक्त दान ललितपुर जिल्लाका अध्यक्ष एवम् सलुसन समाजको केन्द्रिय पुर्व अध्यक्ष तथा संस्थापक पनि रहनु भएको छ । त्यस्तै कार्यक्रममा सलुसन समाजका बिधान मस्यौदाकार एवम् कनुनी सल्लाहकार हेराकृष्ण महर्जन लागयत सलुसन समाज मलङवाको क्षेत्रीय इन्चार्ज राजकुमार गुप्ता, इश्वरपुरको क्षेत्रीय इन्चार्ज इन्द्रजित साह र सर्लाहीका क्षेत्रीय इन्चार्ज विरेन्द्र चौधरीको समेत गरिमामय उपस्थिति रहेकोे थियोे ।
रक्त दान झै छाला दान र आँखा दान पनि जीवन दान सरह रहेकोे बक्ताहरुले जोड दिएको थिए ।

त्यस्तै सोही कार्यक्रममा स्थानीय वाडा अध्यक्ष राम आशिष पन्जियार, राजपा केन्द्रिय सदस्य सन्जय चौधरी , युवा नेता अम्भु प्रसाद साह, विजय भगत लगयत विभिन्न युवा कल्बका युवाहरू लगायत बाल कल्बका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा मलिउड सिरिज तथा दिलदार रकडिङका कालाकरहरुले जनचेतना मुलक नाटक छनिका पनि प्रस्तुत गरेको थियो ।
विशिस्ट अतिथि साधुराम महर्जन तथा प्रमुख अतिथि ज्ञानेन्द्र कुमार यादवले उपस्थित दर्शकलाई छाला र आँखा दान गर्न प्रेरित गर्नुभयो साथै यस्तो कार्यक्रममा गर्ने गराउने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]