१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

लागू औषधिसहित भन्सारबाट एक युवक पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन २६, २०७६

बिरगंज । प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल नेपाल नं.१४ गुल्म हे.क्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधिसहित एक युवकलाई पक्राउ गरेको छ ।

पर्साको बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ पैदल हिडि आउदै गरेको युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका १५ भेडियाही बस्ने मानिचन पासवानको छोरा बर्ष २० को जितेन्द्र पासवान रहेको प्रहरीले जनाएको छ । उनको साथबाट लागु औषध ईन्जेक्सन डाईजेपाम २०० नुर्फिन २०० पिस र फेनारगन २०० पिस फेला परेको थियो ।

लागु औषध सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]